काठमाडौं । सभामुख देवराज घिमिरेले सशस्त्र क्रान्तिबाट आएको दल सरकारमा हुँदा पनि पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण नहुनु दुःखद भएको बताएका छन् । सोमबार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वृहत शान्ति स्थापनाको करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताएका हुन् ।
उनले भने, ‘हामीले बितेका दिनहरुमा धेरै प्रतिकुलताहरुलाई व्यहोरेर निरंकुश राजतन्त्र अन्त्य गर्न सफल भएका छौं । १२ वर्षभन्दा लामो जनयुद्धको नाममा भएका घटनाहरु पनि शान्तिमा रुपान्तरित भइरहेका छन् । सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु, शक्ति, नेताहरु आज शासन गर्ने ठाउँमा पुग्नुभएको छ । तथापि देशमा हिजोको द्वन्द्वलाई अन्त्य गरी स्थायी शान्ती कायम गर्ने बाटोमा केही बाधाहरु रहेका छन् ।’
शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएकाले पीडितको पक्षमा कानून बन्नुपर्ने बताए ।
‘पीडितहरुलाई महशुस हुनेगरी पीडितको पक्षमा कानून बन्नुपर्छ । अहिले विधेयक संशोधनको रुपबाट छलफलमा छ । कानून समितिबाट टुंगिने क्रममा छ,’ उनले भने । कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने उनकाे भनाइ थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:०२
काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक...
चैत्र ४ गते, २०८१ - ११:२४
काठमाडौं । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । गएराति माले निकट अनेरास्ववियुले तालाबन्द...
चैत्र ४ गते, २०८१ - ११:२४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाब...
चैत्र ४ गते, २०८१ - १०:५७
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ । नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले...
चैत्र ४ गते, २०८१ - १०:५३
काठमाडौं । देशभर २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि कुखुराको चल्ला कोरल्न प्रयोग गरिने उद्योग बन्द भएक...
चैत्र ४ गते, २०८१ - १०:५१
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । ...
चैत्र ४ गते, २०८१ - १०:४६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको गुनासो गरेका छन् ।...
प्रतिकृया लेख्नुहोस्: