Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छः नेता पाण्डेय

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताएका छन् । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उनले संसदीय काममा लागेका संसद्लाई सम्बन्धित पार्टी र नेतृत्वले पनि प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद पाण्डेयले भने, “संसदीय काममा कति जिम्मेवार हुनुपर्छ र कति समय दिनुपर्छ भन्नेमा नै हाम्रो बुझाइ कम छ । हामीहरु संसदीय गतिविधिभन्दा अरु काममा बढी समय दिन्छौँ । कहिले संसद्को पूर्ण बैठकमा बहुमत पुग्दैन त कहिले संसदीय समितिमा पनि बहुमत पुग्दैन । यो हाम्रो कमजोरी हो ।”

मतदातामा पनि सांसदहरुलाई सधैँ आफ्नो घरदैलोमा र आफ्नाबीचमा हेर्न चाहने कमजोरी रहेको उल्लेख गर्दै सांसद पाण्डेयले जब सांसद संसदीय काम छोडेर त्यतापट्टि बढी व्यस्त हुन्छन् तब न गुणस्तरीय कानुन बन्ने न गुणस्तरीय नीति बन्ने बताए ।

“यो कुरा हामीले मतदाताका बीचमा पनि अवगत गराउनु आवश्यक छ । अर्को कुरा पार्टीको नेतृत्व र नेतालेसमेत कुन सांसद संसदीय काममा बढी व्यस्त छ र उसलाई पार्टीले गर्नुपर्ने प्रोत्साहनको पनि कमी देखिन्छ”, उनले भने । सांसदलाई संसदीय काममा बढी व्यस्त बनाउनुपर्ने उनको भनाइ थियो ।

संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यको अनुभवसमेत सम्हालीसक्नुभएका तथा हाल प्रतिनिधिसभा सदस्यमा बाजुराबाट निर्वाचित कांग्रेस सहमहामन्त्री पाण्डेयले संसदीय काममा संसद् बैठकभन्दा संसदीय समितिको सक्रियता बढेको बताए ।

“यो महत्वपूर्ण पनि हो । बजारको भाषामा संसद् भनेको ‘सो रुम’ हो भने समिति कारखाना हुन् । कारखनामा उत्पादन भएपछि मात्र उत्पादन ‘सो रुम’मा देखाउन सकिन्छ । पछिल्लो संसद्मा हामी समितिमा सक्रिय छौँ । तर पनि समितिबाट एउटा पनि विधेयक निर्माण गरिसकेका छैनौँ”, सांसद पाण्डेयले भने । अहिले आफू रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार विधेयकलाई अन्तिम रुप दिने क्रममा रहेको उनले जानकारी गराए ।  

सांसदले विकास निर्माणमा पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिज्ञासामा उहाँले मतदाताको भावना र निर्वाचनका बेला गरिएका बाचा पूरा गर्न पनि सांसद हाम्रो जस्तो मुलुकको विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको धारणा व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता पाण्डेयले आफूले हाल जिल्लाको, संसदीय र पार्टीको काम गरी तीन कामको जिम्मेवारी रहेको उल्लेख गरे । सांसदले राम्रो विधेयक बनाउन अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसका लागि आवश्यक आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताए ।

विधेयक अगाडि बढाउने सम्बन्धमा एउटा सांसदले त्यसको पृष्ठभूमि, देश विदेशको अनुभव, समाजको अवस्था, समकालीन आवश्यकता, चुनौतीलगायत विषय अध्ययन अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।  

कार्यान्वयनयोग्य कानुन बनाउन देखिएका चुनौतीका सम्बन्धमा उनले जनताका आवश्यकताभन्दा यथास्थितिमा बढी विश्वास भएर कर्मचारीतन्त्र हाबी हुने गरेको अनुभव सुनाए । उनले राजनीतिज्ञले नयाँपन दिन कानुनमा प्रतिविम्ब हुनेगरी काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

संसदीय समितिका निर्देशन पालनामा देखिएको दोहोरोपनका सम्बन्धमा नेता पाण्डेयले समितिले आफ्नो सीमा र कर्तत्व नबुझ्दा त्यस्तो हुने गरेको बताए । त्यही कारणले नै कार्यपालिकाले पनि निर्देशनको अवज्ञा गर्ने गरेको उनको दाबी थियो ।

फरक प्रसङ्गमा उनले हाल केही युवामा राजनीतिप्रति देखिएको वितृष्णलाई हटाउन राजनीतिज्ञले विश्वासको वातावरण बनाउने गरी आफ्नो व्यवहार प्रकट गर्नुपर्ने उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: