Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

गृह मन्त्रालय जान सहकारी ठगका ‘पार्टनर’ लामिछानेको मरिहत्ते

खबरडबली संवाददाता

काठमाडौं । देशभरिका आधा दर्जन सहकारी ठगेर फरार भएका गितेन्द्रबाबु राई ९जिबी०का पार्टनर रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्।

चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन्।

जिबी राईको सहकारी ठगी प्रकरणमा लामिछानेसमेत जोडिएका छन् र उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ।

आफू र आफ्ना पार्टनरमाथि प्रहरी र राज्यका निकायको छानबिन चलिरहँदा लामिछाने स्वार्थको बाझिने मन्त्रालयमा जान मरिहत्ते गरिरहेका हुन्। नेताहरूका अनुसार उनले जसरी पनि गृह मन्त्रालय पाउनुपर्ने बताइरहेका छन्।

रास्वपाबाट लामिछाने नेतृत्वमा सरकारमा जाने तयारी छ। उक्त पार्टीका नेताहरूले पनि गृहमै आफ्नो पार्टीको जोड रहेको र त्यसमा लामिछाने नै जाने बताइरहेका छन्।

उपसभाति स्वर्णिम वाग्लेले गृह नपाए सरकारमा जानुको औचित्य नै नरहने बताएका छन्। ‘अरू कसैको दाबी होला, तर गृह हाम्रो पार्टीले छोड्दैन र त्यसमा सभापति रवि लामिछाने नै जानुहुन्छ,’ उनले सञ्चारमाध्यमहरूसँग भनेका छन्।

गृह मन्त्रालयमा नेकपा एमालेले पनि दाबी गरिरहेको छ। तर, लामिछानेले नछोड्ने हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले दबाबमा साथै सशंकित छन्।

प्रधानमन्त्री दाहालले भने मन्त्रालयको भागबन्डा आफैं मिलाउन गठबन्धनका दललाई भनिसकेका छन्। सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डाबारे मंगलबार दिउँसो बैठक बस्दैछ।

सोमबार एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच नयाँ सत्ता गठबन्धन बनेको थियो। गठबन्धनबाट जसपाबाहेक पार्टीबाट तीन मन्त्रीले सपथ खाइसकेका छन्। चार पार्टीबीच ८ बुँदे सहमति भइसकेको छ।

लामिछानेका पार्टनर जिबी सहकारी ठगी प्रकरणमा जोडिएपछि फरार छन्। उनीविरूद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। सहकारीका बचतकर्ताको रकम ग्यालेक्सी फोरके टिभीमा लगानी गरेको र त्यसमा लामिछानेसमेत पार्टनर भएका कारण प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

गृह मन्त्रालयमा लामिछाने गए आफू जोडिएको मुद्दा प्रभावित पार्न उनले भूमिका खेल्न सक्ने र स्वार्थको द्वन्द्व हुने भएका कारण गठबन्धनका दलहरू उनलाई गृह मन्त्रालय सुम्पिन सशंकित छन्।

‘एक लेभलमा छलफल चलिरहेको छ, कुन(कुन मन्त्रालय लिने र कसको नेतृत्वमा जाने भन्ने ३ बजे बस्ने बैठकले तय गर्ने छ,’ रास्वपा सह(प्रवक्ता प्रतिभा रावलले भनिन्।

विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको एक महिना हुँदै छ।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ।

माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई चिठी लेख्दै विभागले लामिछाने र राईको विवरण मागेको छ।

चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।

चिठीमा उनीहरूले ऋण लिएको भए त्यसको विवरणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ । बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका...

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राई निलम्बित

हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: