Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गृह मन्त्रालय जान सहकारी ठगका ‘पार्टनर’ लामिछानेको मरिहत्ते

खबरडबली संवाददाता

काठमाडौं । देशभरिका आधा दर्जन सहकारी ठगेर फरार भएका गितेन्द्रबाबु राई ९जिबी०का पार्टनर रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्।

चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन्।

जिबी राईको सहकारी ठगी प्रकरणमा लामिछानेसमेत जोडिएका छन् र उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ।

आफू र आफ्ना पार्टनरमाथि प्रहरी र राज्यका निकायको छानबिन चलिरहँदा लामिछाने स्वार्थको बाझिने मन्त्रालयमा जान मरिहत्ते गरिरहेका हुन्। नेताहरूका अनुसार उनले जसरी पनि गृह मन्त्रालय पाउनुपर्ने बताइरहेका छन्।

रास्वपाबाट लामिछाने नेतृत्वमा सरकारमा जाने तयारी छ। उक्त पार्टीका नेताहरूले पनि गृहमै आफ्नो पार्टीको जोड रहेको र त्यसमा लामिछाने नै जाने बताइरहेका छन्।

उपसभाति स्वर्णिम वाग्लेले गृह नपाए सरकारमा जानुको औचित्य नै नरहने बताएका छन्। ‘अरू कसैको दाबी होला, तर गृह हाम्रो पार्टीले छोड्दैन र त्यसमा सभापति रवि लामिछाने नै जानुहुन्छ,’ उनले सञ्चारमाध्यमहरूसँग भनेका छन्।

गृह मन्त्रालयमा नेकपा एमालेले पनि दाबी गरिरहेको छ। तर, लामिछानेले नछोड्ने हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले दबाबमा साथै सशंकित छन्।

प्रधानमन्त्री दाहालले भने मन्त्रालयको भागबन्डा आफैं मिलाउन गठबन्धनका दललाई भनिसकेका छन्। सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डाबारे मंगलबार दिउँसो बैठक बस्दैछ।

सोमबार एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच नयाँ सत्ता गठबन्धन बनेको थियो। गठबन्धनबाट जसपाबाहेक पार्टीबाट तीन मन्त्रीले सपथ खाइसकेका छन्। चार पार्टीबीच ८ बुँदे सहमति भइसकेको छ।

लामिछानेका पार्टनर जिबी सहकारी ठगी प्रकरणमा जोडिएपछि फरार छन्। उनीविरूद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। सहकारीका बचतकर्ताको रकम ग्यालेक्सी फोरके टिभीमा लगानी गरेको र त्यसमा लामिछानेसमेत पार्टनर भएका कारण प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

गृह मन्त्रालयमा लामिछाने गए आफू जोडिएको मुद्दा प्रभावित पार्न उनले भूमिका खेल्न सक्ने र स्वार्थको द्वन्द्व हुने भएका कारण गठबन्धनका दलहरू उनलाई गृह मन्त्रालय सुम्पिन सशंकित छन्।

‘एक लेभलमा छलफल चलिरहेको छ, कुन(कुन मन्त्रालय लिने र कसको नेतृत्वमा जाने भन्ने ३ बजे बस्ने बैठकले तय गर्ने छ,’ रास्वपा सह(प्रवक्ता प्रतिभा रावलले भनिन्।

विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको एक महिना हुँदै छ।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ।

माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई चिठी लेख्दै विभागले लामिछाने र राईको विवरण मागेको छ।

चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।

चिठीमा उनीहरूले ऋण लिएको भए त्यसको विवरणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending