मोरङ। सांसद सुनिल शर्माले मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्या प्रकरणको गहन छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार राति भएको किशोरी हत्या प्रकरणसम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरी परिवारलाई न्याय दिलाउन सांसद शर्माले सरकारसंग आग्रह गरेको छन् ।
घटनाको छानबिन गरि कारवाहि गर्न माग गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे(७ स्थित लामा टोलमा १५ वर्षीया बालिकाको हत्या भएको खबरले एकदमै दु:खित भएको छु । घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाइ दोषी लाई कारबाही गरि परिवारलाई न्याय दिलाउन सरकारलाई अनुरोध गद्र्छु । ’
पथरीशनिश्चरे वडा नं ७ मा आफन्तको घरमा बस्ने खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राईको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । राति करिव १० बजे सौचालय छेउमा आवाज आएपछि जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए ।
घटना भएको जानकारी पाउनासाथ प्रहरी उक्त स्थानमा पुगेको थियो । हाल मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १०:३३
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका...
फाल्गुन २९ गते, २०८२ - १०:२५
हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...


प्रतिकृया लेख्नुहोस्: