झापा । देशको अग्रणी रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो ।
सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो । उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको छ । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरासयी आवश्यकताका सबै सामान पाइन्छन् ।
संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केटहरु देशका सबैजसो प्रमुख सहरहरुमा खुलिसकेका छन् । सन् १९८४ मा काठमाडौंको भाटभटेनीमा करिब १२० वर्गफिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मनुभएका मिनबहादुर गुरुङले शुरु गर्नुभएको भाटभटेनी यतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताको रुपमा उभिएको छ । करिब पाँच हजारजना पूर्णकालीन कर्मचारी रहेको भाटभटेनी सुपरमार्केटमा दैनिक ८ करोड रुपैयाँ हाराहारीको कारोबार हुन्छ । देशभरका भाटभटेनी सुपरमार्केटमा दैनिक सवा लाख जति ग्राहक पुग्छन् ।
नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डसमेतका गरी एक लाख ५० हजार थरी वस्तु पाइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...
बैशाख २० गते, २०८३ - ०७:२३
काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बैशाख २० गते, २०८३ - ०७:२१
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...
बैशाख २० गते, २०८३ - ०७:१८
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...
बैशाख २० गते, २०८३ - ०६:४१
कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...
बैशाख २० गते, २०८३ - ०६:३४
काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...
बैशाख २० गते, २०८३ - ०६:३१
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...
बैशाख २० गते, २०८३ - ०६:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
बैशाख २० गते, २०८३ - ०६:२८
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...


प्रतिकृया लेख्नुहोस्: