Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

प्रधानमन्त्री प्रचण्डलाई सिके राउतले दिए ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा

विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्यत्र गठबन्धन गरिहाल्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

बिहीबार संसदमा बोल्दै राउतले गठबन्धन फेरबदललाई ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा समेत दिएका छन्।

उनले जनमत प्रतिपक्षमा रहने बताए।हामी प्रतिपक्षीमा रहौंला, तर हाम्रो भूमिका रचनात्मक नै रहनेछ। विश्वस्त हुनुहोस् भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने।

रातारात के भएछ जसले गठबन्धन नै फेर्नुपर्ने, घटक दललाई नै फेर्नुपर्ने अवस्था आयो ? मैले त गहिराइमै होला भन्ने ठानेको थिएँ। एक दुई वटा कुर्सी नमिलेर, राष्ट्रिय सभाका भोट नआएर जस्ता प्रधानमन्त्रीको कुरा सुन्दा अत्यन्त हल्का लाग्यो। झन् धेरै क्रेडिट दिउँला सोचेको थिएँ।‘यो भ्यागुते प्रवृत्ति हो, भ्यागुतालाई समातेर जोख्न सजिलो होला। अहिलेको प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला१ कतिखेर विदेशीले कता धाप मार्दिन्छ, प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नुहुन्छ। थाहै हुँदैन,’ उनले भने, ‘यो उफ्राइले काठमाडौंमा मात्रै परकम्प गएको छैन। यहाँ मात्रै गए त केही थिएन। सात वटै प्रदेशका सरकारहरू गल्र्यामगुर्लम ढल्छन्। अनि जनताले यातना भोग्नुपर्ने, देशले यातना, घाटा व्यहोर्नुपर्ने, उहाँले भन्नु पनि हुन्छ– म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो धर्तीमा उथलपुथल भइरहन्छ। मानौं, उहाँ शेष नाग हो र धर्ती उहाँको शरीरमाथि अडिएको छ। हरेक शेष नागका लागि कृष्णको अवतार पनि हुन्छ। उहाँले हेक्का राख्नुपर्छ।’

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...

ट्रकको ठक्करबाट घाइते भएका प्रहरी इन्स्पेक्टर लामाको निधन

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...

२९ वैशाखभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...

मनाङमा ट्रक दुर्घटना: चालकको मृत्य

लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending