एजेन्सी । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत् जवाफदेही अदालतमा पुनरावेदन गरेका छन् ।
हुसेन नवाज र हसन नवाजले आफ्ना वकिल काजी मिस्बाहुल हसनमार्फत इस्लामाबादको जवाफदेही अदालतमा एभेनफिल्ड अपार्टमेन्ट, अल अजिजिया र फ्ल्यागसिप इन्भेस्टमेन्ट रेफरेन्समा जारी गरिएको गिरफ्तारी वारेन्ट निलम्बन गर्न माग गर्दै निवेदन दिएका हुन् ।
न्यायाधीश नासिर जावेद राणाले नवाजद्वयको निवेदनमाथि सुनुवाइ गरेका छन् । अधिवक्ता काजी मिस्बाहले न्यायाधीशलाई नवाजद्वयको तर्फबाट गराएको जानकारीमा उनीहरू क्रमशः साउदी अरब र बेलायतका बासिन्दा रहेका र उनीहरूलाई पीएमएल–एन प्रमुख नवाज शरीफ, छोरी मरियम नवाज र सेवानिवृत्त क्याप्टेन सफदरको साथ पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा आरोपित गरिएको उल्लेख छ ।
उनीहरू दुवै पाकिस्तानमा नरहेका समय उनीहरूविरूद्धको सुनुवाई सुरु भएको, उनीहरू औपचारिक कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ रहेका र राज्यले गिरफ्तारी सूचना र अन्य घोषणाहरू जारी गर्नेजस्ता कानूनी प्रक्रियाको सेवा गर्न उचित बाटोसमेत नअपनाएको अधिवक्ता मिस्बाहले दावी गरेका छन् ।
अदालतसमक्ष आत्मसमर्पण गर्ने तयारी
अभियुक्त द्वयले अब अदालतमा आत्मसमर्पण गर्ने निर्णय गरेका छन् । वकिलका अनुसार पूर्वप्रधानमन्त्रीका दुवै छोरा मार्च १२ मा इस्लामाबाद पुग्नेछन् । उनीहरू आत्मसमर्पण गर्न अदालत पुग्न सकून भनी दुबैले अदालतलाई आफ्नो पक्राउ पूर्जी निलम्बन गर्न वकिलमार्फत् अनुरोध गरेका छन् ।
विशेष गरी नवाज सरिफ र उनकी छोरी मरियम नवाज दुवैलाई अघिल्लो आम निर्वाचनको केही दिन अघि एभेनफिल्ड रेफरेन्समा दोषी ठहर गरिएको थियो । पीएमएल–एन प्रमुखलाई डिसेम्बर २०१८ मा अल–अजिजिया सन्दर्भको मामलामा पनि दोषी ठहर गरिएको थियो तर फ्ल्यागशिप इन्भेस्टमेन्ट सन्दर्भमा निर्दोष ठहर गरिएको थियो ।
नवाज, मरियम र उनका पति अवकाशप्राप्त क्याप्टेन सफदरले एभेनफिल्डको मुद्दामा आफ्नो सजायलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै इस्लामाबाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाजले अल अजिजियाको सन्दर्भमा पनि दोषी ठहर गरिनु न्यायसङ्गत निर्णय नभएको दावी गरेका थिए ।
त्यसपछि, पूर्वप्रधानमन्त्री सरिफ विदेश गएर नफर्केपछि इस्लामाबाद उच्च अदालतले उनलाई ‘भगोडा अपराधी’ घोषणा गरेको थियो । उनि बेलायतमा रहँदा मरियम र सफदरले यो मुद्दा अघि बढाइयो र इस्लामाबाद उच्च अदालतले अन्ततः उनीहरूको सजायँलाई खारेज गरिदिएको थियो ।
गत वर्षको अक्टोबरमा पूर्वप्रधानमन्त्री सरिफ पाकिस्तान फर्किएका थिए । उनले आफूलाई दोषी ठहराइएका मुद्दामा पुनरावेदन गरेका थिए । आईएचसीले उनको निवेदनमाथि सुनुवाई गर्दै दुवै मुद्दामा उनको सजायलाई खारेज गरिदिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: