एजेन्सी । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत् जवाफदेही अदालतमा पुनरावेदन गरेका छन् ।
हुसेन नवाज र हसन नवाजले आफ्ना वकिल काजी मिस्बाहुल हसनमार्फत इस्लामाबादको जवाफदेही अदालतमा एभेनफिल्ड अपार्टमेन्ट, अल अजिजिया र फ्ल्यागसिप इन्भेस्टमेन्ट रेफरेन्समा जारी गरिएको गिरफ्तारी वारेन्ट निलम्बन गर्न माग गर्दै निवेदन दिएका हुन् ।
न्यायाधीश नासिर जावेद राणाले नवाजद्वयको निवेदनमाथि सुनुवाइ गरेका छन् । अधिवक्ता काजी मिस्बाहले न्यायाधीशलाई नवाजद्वयको तर्फबाट गराएको जानकारीमा उनीहरू क्रमशः साउदी अरब र बेलायतका बासिन्दा रहेका र उनीहरूलाई पीएमएल–एन प्रमुख नवाज शरीफ, छोरी मरियम नवाज र सेवानिवृत्त क्याप्टेन सफदरको साथ पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा आरोपित गरिएको उल्लेख छ ।
उनीहरू दुवै पाकिस्तानमा नरहेका समय उनीहरूविरूद्धको सुनुवाई सुरु भएको, उनीहरू औपचारिक कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ रहेका र राज्यले गिरफ्तारी सूचना र अन्य घोषणाहरू जारी गर्नेजस्ता कानूनी प्रक्रियाको सेवा गर्न उचित बाटोसमेत नअपनाएको अधिवक्ता मिस्बाहले दावी गरेका छन् ।
अदालतसमक्ष आत्मसमर्पण गर्ने तयारी
अभियुक्त द्वयले अब अदालतमा आत्मसमर्पण गर्ने निर्णय गरेका छन् । वकिलका अनुसार पूर्वप्रधानमन्त्रीका दुवै छोरा मार्च १२ मा इस्लामाबाद पुग्नेछन् । उनीहरू आत्मसमर्पण गर्न अदालत पुग्न सकून भनी दुबैले अदालतलाई आफ्नो पक्राउ पूर्जी निलम्बन गर्न वकिलमार्फत् अनुरोध गरेका छन् ।
विशेष गरी नवाज सरिफ र उनकी छोरी मरियम नवाज दुवैलाई अघिल्लो आम निर्वाचनको केही दिन अघि एभेनफिल्ड रेफरेन्समा दोषी ठहर गरिएको थियो । पीएमएल–एन प्रमुखलाई डिसेम्बर २०१८ मा अल–अजिजिया सन्दर्भको मामलामा पनि दोषी ठहर गरिएको थियो तर फ्ल्यागशिप इन्भेस्टमेन्ट सन्दर्भमा निर्दोष ठहर गरिएको थियो ।
नवाज, मरियम र उनका पति अवकाशप्राप्त क्याप्टेन सफदरले एभेनफिल्डको मुद्दामा आफ्नो सजायलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै इस्लामाबाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाजले अल अजिजियाको सन्दर्भमा पनि दोषी ठहर गरिनु न्यायसङ्गत निर्णय नभएको दावी गरेका थिए ।
त्यसपछि, पूर्वप्रधानमन्त्री सरिफ विदेश गएर नफर्केपछि इस्लामाबाद उच्च अदालतले उनलाई ‘भगोडा अपराधी’ घोषणा गरेको थियो । उनि बेलायतमा रहँदा मरियम र सफदरले यो मुद्दा अघि बढाइयो र इस्लामाबाद उच्च अदालतले अन्ततः उनीहरूको सजायँलाई खारेज गरिदिएको थियो ।
गत वर्षको अक्टोबरमा पूर्वप्रधानमन्त्री सरिफ पाकिस्तान फर्किएका थिए । उनले आफूलाई दोषी ठहराइएका मुद्दामा पुनरावेदन गरेका थिए । आईएचसीले उनको निवेदनमाथि सुनुवाई गर्दै दुवै मुद्दामा उनको सजायलाई खारेज गरिदिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: