वाग्मती । वाग्मती प्रदेश सरकारद्वारा वाग्मती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ ।
प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाले पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि १६ गते फागुनदेखि २२ गतेसम्म सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गरी गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार मकवानपुर जिल्लामा एक लाख ९१ हजार नौ सय एक, चितवन जिल्लामा ८५ हजार १९, रामेछाप जिल्लामा एक लाख पाँच हजार चार सय, सिन्धुपाल्चोक जिल्लामा ७५ हजार सात सय आठ, दोलखा जिल्लामा ९० हजार चार सय ४७, काठमाडाैं जिल्लामा २२ हजार १४, ललितपुर जिल्लामा २४ हजार २५, भक्तपुर जिल्लामा नौ हजार एक सय ८५ तथा काभ्रे जिल्लामा एक लाख २७ हजार, नुवाकोट जिल्लामा ७४ हजार सात सय १९, रसुवा जिल्लामा १९ हजार आठ सय ३८ र धादिङ जिल्लामा एक लाख ६० हजार छ सय ३६, सिन्धुली जिल्लामा ५१ हजार दुई सय भेडाबाख्रामा पिपीआर रोग विरुद्ध खोप लगाइएको जनाइएको छ ।
वाग्मती प्रदेशभरिका १५ लाख ८४ हजार भेडाबाख्रामा खोप लगाइने मन्त्रालयको योजना छ । गत वर्ष मन्त्रालयले यही अभियानअन्र्तगत नौ लाख ७९ हजार एक सय ८७ भेडाबाख्रालाई पिपीआर विरुद्धको खोप लगाएको थियो । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि खोप केन्द्रविन्दुबाट सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइ खोप लगाउने कार्य सुरु गरेको थियो ।
सप्ताहव्यापी खोप कार्यक्रमअन्र्तगत पिपीआरविरुद्ध १३ लाख ५० हजार वटा खोप उपलब्ध गराइएको थियो । पिपीआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने उग्राउन छाड्ने लक्षण देखापर्नुका साथै मृत्यु हुने गरेको छ । कचेरा लाग्ने, नाकबाट बाक्लो सिँघान बग्ने, गिजा र मुखभित्र घाउ देखिने तथा एकैपटक धेरै बिरामी हुने लक्षण देखिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: