Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

डडेलधुरामा सुन चोरेका अभियुक्त रौतहटबाट पक्राउ

खबरडबली संवाददाता

रौतहट । डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुई जना मानिस रौतहटबाट पक्राउ परेका छन् ।

केही दिनअघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जना लाई पक्राउ गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिँडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरी गरी फरार रहेका दुवैजना लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको  कमाण्डमा खटिएको टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र  सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् । इन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो ।

अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो । घटनाबारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो । तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुबै जनालाई पक्राउ गरिएको इन्सपेक्टर नायकले जानकारी दिएका छन् । दुवै जनालाई डडेलधुरामा आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपीलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

माइतीघर मण्डलामा प्रदर्शन गर्ने आठजना पक्राउ

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा ...

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

काठमाडौँ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्...

झापाकाे लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

झापा ।  अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक...

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौँ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ...

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजन...

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ । केहीदिन यतादेखि चिसो बढेसँगै हिमाली क्षेत्रका बस्तीहरू सुनसान देखिएका छन् ।  जाडोका कारण स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिम...

जेन–जी आन्दोलनप्रति इमान्दारिता देखाउ: गजुरेल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन–जी आन्दोलनलाई समाजवादी रूपान्तरणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोल...

विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकप...

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending