Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

महिलामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन राष्ट्रसङ्घको तालिबानलाई आह्वान

खबरडबली संवाददाता

एजेन्सी । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले तालिबानसँग महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिएकाे टोलो न्युजले जनाएको छ । 

उनका अनुसार पहिचानको सवाल र अफगानिस्तानमा विशेष दूतको भूमिका एजेन्डामा रहेको छ । अफगानिस्तान अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सकिएपछि पत्रकार सम्मेलनमा ओटुनबायेभाले दोहामा हुने तेस्रो बैठकमा पहिचानको मुद्दा र विशेष दूतको कार्यक्रमलाई निरन्तरता दिने आशा राखेको बताए । 

टोलो न्युजका अनुसार सुरक्षा परिषद्का केही सदस्य र अफगानिस्तानमा महिला तथा बालिकाको अधिकार पूर्ण पालनका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले पनि मानवअधिकार समस्याहरूको महत्त्वलाई जोड दिए । 

“हाल धेरै महिला सार्वजनिक स्थानहरूमा जान डराउँछन्, म यस अवसरमा वास्तविक अधिकारीहरूसँग यी प्रतिबन्ध फिर्ता लिनका लागि पुनः आग्रह गर्दछु, महिला र बालिकामाथि यी प्रतिबन्ध जति लामो समयसम्म जारी रहन्छ त्यति नै धेरै नोक्सान हुनेछ”, उनले भने । 

उनका अनुसार अफगानिस्तानका विषयमा तेस्रो दोहा बैठक यसै वर्षको जुनमा हुनेछ । “हामी भविष्यमा एउटा अर्को दोहा बैठक गर्दैछौँ, मलाई आशा छ पहिचानको मुद्दा र विशेष दूतको भूमिकालाई निरन्तरता दिइनेछ, यो अब एजेन्डामा छ, यो एकतामा कसरी काम गर्ने भन्ने कुरा हो”, ओटुनबायेभाले भने । 

यसैबीच राष्ट्रसङ्घमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानूनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गरे । 

“कानूनीरूपमा हिजाब लगाउन आवश्यक नभएका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिइरहेको छ, अमेरिका महिलाहरूलाई समाजमा पूर्णरूपमा सहभागी हुनसक्ने दिनका लागि तयार हुनका लागि अफगान महिलाहरूसँग काम गरिरहेको छ”, उनले भने । 

अफगानिस्तानमा मानवअधिकारसम्बन्धी राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले गत वर्ष डिसेम्बरमा तालिबानसँग गैर–सरकारी सङ्गठनहरूमा महिलाहरूलाई काम गर्न लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । 

उनले महिला अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेकामा जोड दिएका थिए । तालिबानले मिडिया स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ र महिलाहरूलाई पार्क र जिमजस्ता सार्वजनिक स्थानमा जान रोक लगाएको छ । उक्त कदमले कठोर अन्तर्राष्ट्रिय प्रतिक्रिया बढाएको छ । यसबाट अफगानिस्तानको अर्थतन्त्र तहसनहस भएको छ भने मानवीय सङ्कटसमेत बढेको छ । 

विशेषरूपमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE