Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै

खबरडबली संवाददाता

बाँके । हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की र लामो पुल निर्माण थालिएको हो ।

वर्षामा आवागमन ठप्प हुने तथा अन्य समयमा पनि समस्या हुने भएकाले सात सय मिटर लामो र ११ मिटर चौडाइको नयाँ पुल निर्माण सुरु गरिएको हो ।

करिब डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री भएको बेला नेता मोहम्मद इश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा र डुडुवा खोलामा पुल निर्माण तथा विभिन्न सडक निर्माणको योजना स्वीकृत गरेका थिए । सोही योजनाअनुसार अहिले पुल निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।  

विसं २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताए । उनका अनुसार अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । भ्याटसहित रू एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माणाधीन पुलको पाइलिङ र जाली बुन्ने काम भइरहेको इन्जिनियर पटेलले जानकारी दिए । 

सिधनिया घाटमा रहेको पुल साँघुरो र छोटो भएकाले लामो पुल निर्माण गर्न लागिएको पूर्वमन्त्री राईले बताए । अहिले सञ्चालनमा रहेको पुलबाट एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने भएकाले यहाँका जनताले लामो र आधुनिक पुलको माग गर्दै आएका उनको भनाइ छ । 

यसअघि बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेकामा पुल बनेसँगै समस्या अन्त्य हुने स्थानीय बताउँछन् । उक्त पुल निर्माण सम्पन्न भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई आवागमनमा सहज हुने बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अल्जाइमरको नयाँ औषधीको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धान...

सुनसरीमा विपन्न विधार्थीलाई साइकल सहयोग

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ ।  नगर क्षेत्...

साताभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहा...

म्यान्मामा बाढीले २९३ जनाको मृत्यु, ८९ जना बेपत्ता

एजेन्सी । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले जनाएको छ ।  रिप...

बाँध खोलेका कारण बाढीको सङ्कट आएको पश्चिम बङ्गालका मुख्यमन्त्रीको भनाइ

कलकत्ता । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढ...

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy