Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

सोलुखुम्बु । सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरणको शत्रु नै प्लास्टिक भएकाले यसको प्रयोग कम गर्न सकियो भने मात्रै पनि धेरै हदसम्म वातावरण प्रदूषण कम हुने बताइन् । 

“प्लास्टिकका सामग्रीको प्रयोगलाई कम गरौँ र प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग गरौँ, हामी महिला कुनै चाडपर्व, मेला महोत्सवमा जाँदा धेरै कपडा खरिद गर्छौ, धेरै शृङ्गारका सामान किन्छौँ अनि त्यो सामग्री एकपटक चलाएपछि यतिकै फाल्छौँ”, अध्यक्ष कार्कीले भनिन्, “पलास्टिकले वातावरण प्रदूषण मात्र गरेको हुँदैन । जलवायु परिवर्तनमासमेत ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले वातावरण जोगाउन र जलवायु न्यायका लागि पुनःप्रयोगको अवधारणालाई आत्मसात् गरौँ ।” 

मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमाल, पहाड र तराईका महिलाहरुले बेलैमा सोच्ने बेला आएको बताइन् । जलवायु परिवर्तनबाट महिला तथा बालबालिका सबैभन्दा बढी पीडित भएको भन्दै उनले समस्या समाधानका लागि महिलाहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् । महिलाहरूले प्रयोग गर्ने अधिकांश पहिरन तथा शृङ्गारका सामान पोलिस्टर प्लास्टिकबाट बन्ने भएकाले यसबाट वातावरणमा पर्न सक्ने असरलाई पनि ख्याल गर्नुपर्ने दिन आएको सदस्य साहको भनाइ छ । 

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले प्रकृति रहे मानव अस्तित्व सम्भव रहेकाले भन्दै वातावरण जोगाउने अभियानमा सबै जुट्नुको विकल्प नरहेको बताइन् । मानवीय कृयाकलापबाटै वातावरण र प्रकृति जोखिममा पर्दै गएको अध्ययनले देखाएकाले हरेक क्रियाकलाप वातावरण अनुकूलन हुन आवश्यक रहेको उनले बताइन् । 

मिस नेपाल शीच्छा प्रधानले प्लास्टिकको प्रयोग वातावरणका लागि अत्यन्त हानिकारक रहेकाले प्रकृति जोगाउन प्लास्टिक निरुत्साहितको अभियान चलाउनुपर्ने बताइन् । जलवायु न्यायको अभियान लिएर साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सगरमाथाको आधार शिविर पुगेका १९ जना महिलाको टोलीले प्रकृति जोगाउने अभियानमा सबै जना एकजुट हुन सगरमाथा आधार शिविरबाट आह्वान गरेको थियो । 

उनिहरुले हिमाली क्षेत्रका महिला तथा जनप्रतिनिधिसँग ठाउँ/ठाउँमा जलवायु न्यायका सवालमा अन्तरसम्वाद समेत गरे । अभियानका क्रममा जलवायु परिवर्तनका कारण हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको, कृषि प्रणालीमा अस्वाभाविक परिवर्तन देखा परेको र त्यसबाट प्रजननमा परेको असरबारे छलफल भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE