Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सरकार परिवर्तन ठूलो कुरा होइन: महामन्त्री शर्मा

खबरडबली संवाददाता

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको  केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन् ।

'सरकार बदलिन्छ, बदलिन दिनुस्,' सोमबार गृहनगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, 'समाजमा व्यापक निरासा छ, साझा मञ्चमा उभिएर यो निरासा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो ।'  महामन्त्री शर्माले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वास त्याग्नु पर्नेमा जोड दिए ।  

'संसदमा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठूलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन,' उनले भने, 'यसमा अल्मलिएर समय बर्बाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा रहेको आशंका र अविश्वास त्यागेर मुलुक बनाउन लाग्नुपर्छ ।'

मुलुक विकास साझा दायित्व भएकाले त्यसका लागि साझा संकल्प जरुरी भएको बताए । उनले जनप्रतिनिधिले गोजीको पैसा हालेर विकास गर्ने नभई बजेट र कामको संयोजन मात्रै गर्ने भएकाले आपसमा मिलेर अघि बढ्नु पर्ने धारणा राखे ।

उनले  मिसन ८४ को कुरा गर्नुको कुनै अर्थ नभएको बताए । उनले भने, 'मैले निरासाजनक कुरा गरेको होइन, ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ, मिसन ८४ अर्थहीन र भावनाको लहड मात्रै हो ।'  

व्यस्त कार्यक्रमका बीच झापा आएका शर्मा धुलाबारी खानेपानीको २३औँ वार्षिकसभा र छैठौं झापा गोल्डकपको समापनमा सहभागी भएर साँझ काठमाडौँ फर्कने बताएर उनलेे मुलुकको बदलिँदो राजनीति घटना क्रमका बारेमा थप टिप्पणी गरेनन् ।  

झापा १ का सांसद समेत रहेका शर्माले आफूलाई  सिंहदरबारको संसद नभई स्थानीयबासी सम्झेर विकास निर्माणका काममा निरन्तर घच्घच्याउन क्षेत्रबासीसँग आग्रह गरे । 'म सिंहदरबारको सांसद हुँ तर त्योभन्दा वडाबासी र क्षेत्रबासी हुँ, यहाँका समस्या सबै मिलेर समाधान गर्नु पर्छ,' उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending