झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन् ।
'सरकार बदलिन्छ, बदलिन दिनुस्,' सोमबार गृहनगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, 'समाजमा व्यापक निरासा छ, साझा मञ्चमा उभिएर यो निरासा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो ।' महामन्त्री शर्माले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वास त्याग्नु पर्नेमा जोड दिए ।
'संसदमा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठूलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन,' उनले भने, 'यसमा अल्मलिएर समय बर्बाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा रहेको आशंका र अविश्वास त्यागेर मुलुक बनाउन लाग्नुपर्छ ।'
मुलुक विकास साझा दायित्व भएकाले त्यसका लागि साझा संकल्प जरुरी भएको बताए । उनले जनप्रतिनिधिले गोजीको पैसा हालेर विकास गर्ने नभई बजेट र कामको संयोजन मात्रै गर्ने भएकाले आपसमा मिलेर अघि बढ्नु पर्ने धारणा राखे ।
उनले मिसन ८४ को कुरा गर्नुको कुनै अर्थ नभएको बताए । उनले भने, 'मैले निरासाजनक कुरा गरेको होइन, ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ, मिसन ८४ अर्थहीन र भावनाको लहड मात्रै हो ।'
व्यस्त कार्यक्रमका बीच झापा आएका शर्मा धुलाबारी खानेपानीको २३औँ वार्षिकसभा र छैठौं झापा गोल्डकपको समापनमा सहभागी भएर साँझ काठमाडौँ फर्कने बताएर उनलेे मुलुकको बदलिँदो राजनीति घटना क्रमका बारेमा थप टिप्पणी गरेनन् ।
झापा १ का सांसद समेत रहेका शर्माले आफूलाई सिंहदरबारको संसद नभई स्थानीयबासी सम्झेर विकास निर्माणका काममा निरन्तर घच्घच्याउन क्षेत्रबासीसँग आग्रह गरे । 'म सिंहदरबारको सांसद हुँ तर त्योभन्दा वडाबासी र क्षेत्रबासी हुँ, यहाँका समस्या सबै मिलेर समाधान गर्नु पर्छ,' उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: