Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा...

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ का  ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनी ढुक्क भए। 

“ऐलानी जग्गा थियो”, उनले भने, “कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा खेली रहन्थ्यो, पुर्जा पाइएपछि मर्नुअघि जग्गाको मालिक हुन पाइयो, यसमै खुसी छु ।” साउदजस्तै जग्गाधनी प्रमाण पुर्जा पाएका कालु धामीले सरकारपिच्छे बन्ने आयोगका कारण जग्गा नापजाँच भएको लामो समय सम्म पर्खनुपरेको बताए । 

विगतमा आयोग बन्ने तर सरकार फेरिएसँगै आयोगमा नयाँ पदाधिकारी आउँदा अन्यौलता सिर्जना हुँदै आएको उनको भनाइ छ ।

“वर्षौंपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छौँ”, उनले भने, “दुई पिँढीदेखि चलन भोग गरेको जग्गाको स्वामित्व बल्ल मिलेको छ, यस्तो अवस्थामा खुसी न हुने कुरै छैन ।” साउद र धामीसँगै दुई सय ८० परिवारको ऐलानी जग्गा विसं २०५२ मै नापजाँच भएको हो । जग्गा नापजाँच भएकामध्ये ८४ जनाले मात्रै जग्गाधनी प्रमाण पुर्जा पाएका छन्। 

जग्गा नापजाँच भएको १६ वर्ष पछि (विसं २०६७) गठन भएको आयोगले जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि सूचना जारी गरेपछि दुई सय ८० परिवारले राजस्वसमेत बुझाए । आयोगको म्याद सकिनै लाग्दा हतार हतारमा सेतो जग्गाधनी पुर्जा उपलब्ध गराइयो । त्यो पुर्जाले मान्यता पाएन ।

“जग्गाधनी प्रमाण पुर्जा हातमा थियो”, स्थानीय समाजसेवी दलबहादुर बोहराले भने, “मान्यता नहुँदा बैंकमा धितो राखेर न त व्यवसाय गर्नहुन्थ्यो, न वैधानिक तरिकाले खरिद बिक्री गर्ने अवस्था थियो, न अन्य कार्यका लागि मान्य थियो, पुर्जा भएर पनि अन्यौलतामा थियौँ ।” 

अव्यवस्थित बसोबासीलगायतलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोगको जिल्लास्थित कार्यालयले विगतका आयोगले गरेका अधुरा जग्गासम्बन्धी कार्यको लगत लिने कार्य ग¥यो ।

“त्यसमा सेतो जग्गाधनी पुर्जा प्राप्त गरेका सबै जनाले लगतमा समावेश गर्नका लागि निवेदन दिन लगायौँ”, वडा अध्यक्ष चक्रबहादुर खड्काले भने, “पुराना जग्गासम्बन्धी फाइल हेर्न नगरपालिकाकै खर्चमा कर्मचारी खटायौँ ।”

जग्गाधनी प्रमाण पुर्जाको अधुरो कार्यको लागि निवेदन दिएका व्यक्तिको विवरण तयार गरिएपछि आयोगबाट प्रमाणीकरणपश्चात् जग्गासम्बन्धी विवाद नभएका ८४ जनालाई पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन सफल भइएको उनले बताए। 

विगतका आयोगमै जग्गाधनी प्रमाण पुर्जाका लागि राजश्व बुझाएका बाँकी व्यक्तिलाई जग्गाको मालिक बनाउन पहल गरिरहेको उहाँले उल्लेख गरे। “नगरपालिका र भूमि आयोको जिल्ला कार्यालयमा समन्वयको कार्य गरिरहेका छौँ”, उनले भने, “छिट्टै विवादरहित तरिकाले पुर्जा उपलब्ध गराउनका लागि आवश्यकताका आधारमा जग्गा नापजाँचसँगै विगतका आयोगले गरेका त्रुटि सच्याउनका लागि आग्रह गर्दै आएको छु, कार्य हुन्छ भन्ने अश्वासन पाएको छु ।” 

राष्ट्रिय भूमि आयोगद्वारा तयार गरिएका जग्गाधनी पुर्जा वडा कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई हस्तान्तरण गरिएको छ । विगतका आयोगका अधुरा कार्यअन्तर्गत सेतो जग्गाधनी पुर्जा पाएका राजस्व बुझाएका जग्गाधनीलाई प्रमाण पुर्जा हस्तान्तरण गरिएको हो ।

पुर्जा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रणबहादुर महराले विगतका आयोगका अधुरा कार्य पूरा गरी वडाका वर्षौंदेखि जग्गा चलनभोग गर्दै आएका जग्गाधनीलाई पहिलो प्राथमिकतामा राखेर प्रमाण पुर्जा वितरण गरिने बताए । 

“पहिलो चरणमा विवादरहित रहेका जग्गाधनीलाई प्रमाण पुर्जा वितरणको कार्य गरेका छौँ”, उनले भने, “दोस्रो चरणमा बाँकी रहेका सबैलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नका लागि प्राविधिक जनशक्ति थपेर कार्य टुङ्गोमा पु¥याउने छौँ ।”

राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गानाले विगतका आयोगका अधुरा कार्यअन्तर्गत सेतो जग्गाधनी पुर्जा पाएकालाई पहिलो प्राथमिकतमा राखेर कार्य अगाडि बढाइएको बताए । विगतको आयोगले गरेका त्रुटिपूर्ण कार्यका कारण सेतो पुर्जा पाएका सबै जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन नसकेको उनले बताए।

उनकाअनुसार जग्गा एउटा नक्सा अर्को, एउटाको नाममा जग्गा अर्कोले कमाएर खाएको र सेतो पुर्जा एउटाको नाममा भए पनि बेचेर अर्कोले चलन भोग गर्दै आएकाले विवाद हुने देखिँदा त्रुटि सच्याएर मात्रै पुर्जा वितरण गर्न कार्य अगाडि बढाइने छ । 

जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने राष्ट्रिय अभियान अन्र्तगत जिल्लामा अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य अगाडि बढी रहेको जानकारी दिनुहुँदै उहाँले जग्गा नापजाँचको कार्य अगाडि बढे पनि जनशक्ति अभावका कारण नतिजा सोचेजस्तो हुन नसकेको बताए । 

भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको प्रमाणीकरण गरी नगरपालिकाले पठाएमा बसेकै ठाउँमा जग्गा नापजाँच गरी जग्गाधनी पुर्जा वितरण गर्न सकिने उहाँको भनाइ रहेको छ । घरवासका लागि एक कट्ठा र कृषिजन्य प्रयोजनका लागि पाँच कट्ठासम्म जग्गा नापाजाँच गरी जग्गाधनी प्रमाण पुर्जा दिने अधिकार आयोगलाई रहेको उनले बताए। 

नगरपालिकाको भूमि शाखाका प्रमुख मोहन फुलाराले अव्यवस्थित बसोबासीको वडा नं १, २, ३ र ९ मा जग्गा नापजाँचको कार्य पूरा भएको बताए। 

“वडा नं १२ मा जग्गा नापजाँचको कार्य अन्तिम चरणमा पुगेको छ”, उनले भने, “दुई वटा जग्गा नापजाँचका लागि टोली खटाइएका छन्, जनशक्ति थप भए चालु आवभित्रै नगरपालिकाभित्रका अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य सकिन्छ ।” अधिकारकर्मी शिवी लुहारले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाउन माग गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending