Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली

खबरडबली संवाददाता

मोरङ । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई पाँच विकेटले पन्छाउँदै  विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो ।  आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी दुईपटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाई एक सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा छ छक्का र चार चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका थिए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले चार ओभरमा २३ रन दिएर चार विकेट लिँदा नितेश पटेल तीन विकेट लिए ।

जवाफमा एक सय  ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्धशतकले १९ दशमलव एक बलमा पाँच विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरी अविजित ५० रन बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दीपक बोहोराले दुई विकेट लिँदा हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई बलमा सबै बिकेट गुमाई एक सय ५१ रनको स्कोर बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा एक छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिएका थिए । कर्णालीका प्लेयर अफ म्याच दीपेन्द्र रावतले चार ओभरमा ३१ रन दिएर चार विकेट लिँदा प्रकाश जैसीले तीन,  दिवान पुनले दुई विकेट लिए ।

जवाफमा एक सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव पाँच बलमा पाँच बिकेटसहित विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा एक छक्का र पाँच चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले  २० बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटौँ बिकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे । 

 त्यस्तै रवीन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान एक–एक विकेट लिए । फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE