काठमाडौं । नेपालले २०४८ सालमै महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) अनुमोदन गरेको थियो । महासन्धि अनुमोदन भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन नभएकामा सांसदहरूले आपत्ति जनाएका छन् ।
महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घको सिड समितिमा नेपालका विषयसूची विषयक छलफल कार्यक्रममा राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले समान नागरिक, समान अधिकारका लागि अझै लडाइँ गर्नुपर्ने अवस्था रहेको बताइन् ।
कानुन बन्ने कार्यान्वयन नहुने, महासन्धि अनुमोदन गर्ने कार्यान्वयन गर्नेतर्फ ध्यान नदिँदा समस्या बढ्न थालेको उनको विचार छ ।
सांसद कमला पन्तले पीडक पहुँचवाला र पीडित निमुखा हुने भएकाले समान अधिकार कार्यान्वयनमा चुनौती खडा भएको बताइन् । सांसद विष्णुदेवी पुडासैनीले नागरिकता ऐनलाई कार्यविधिमा राखिएको प्रावधानले काटेर कार्यान्वयनमा समस्या भएको सुनाइन् ।
संविधानमा महिला र पुरुषले समान नागरिकतासम्बन्धी अधिकारको व्यवस्था भए पनि कार्यान्वयनमा समस्या आएको उनले बताइन् । सांसद भगवती न्यौपानेले सिड समितिमा झुटो प्रतिवेदन पठाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिइन् ।
मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि असहमति नराखी अनुमोदन गरेको तीन दशक बित्दासमेत कार्यान्वयन नभएर देशकै इज्जतमा धक्का लागेको बताए ।
विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा अनुमोदन भएको महासन्धि अझै कार्यान्वयन नहुनु दुखद् भएको उनले सुनाए ।
महासन्धिका निश्चित बुँदामा असहमति राखेर अनुमोदन गर्न सकिने जानकारी पनि कार्यक्रममा गराइएको थियो । भारत, पाकिस्तान र बङ्गलादेशले महासन्धिको धारा १६ मा असहमति राखेर अनुमोदन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: