भक्तपुर । देशमा राजतन्त्र ढलेर गणतन्त्र आउँदासमेत सर्वोच्च अदालत अझै परिवर्तन हुन नसकेको भन्दै कानुनविद्हरूले नेपालको न्याय प्रक्रिया लथालिङ्ग, भताभुङ्ग भएको धारणा राखेका छन् ।
सामाजिक न्याय प्राज्ञिक निकेतनले भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लमा आयोजना गरेको ‘वर्तमान न्याय प्रणालीमा सामाजिक न्याय र कानुन व्यवसायीहरूको भूमिका’ विषयक एक दिवसीय कार्यशालामा सहभागी कानुनविद्ले यस्तो गुनासो गरेका हुन् ।
त्यस अवसरमा वरिष्ठ अधिवक्ता तथा काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्राध्यापक प्रा डा युवराज सङ्ग्रौलाले अदालतको पुनः संरचना जरुरी रहेको उल्लेख गर्दै अदालतले छिटो र अपवादबाहेक निष्पक्ष न्याय दिन नसकेको बताए ।
अदालतको पुनः संरचनाको खाका प्रस्तुत गर्दै पूर्व महान्यायाधिवक्ता समेत रहेका सङ्ग्रौलाले भने, “छिट्टो र निष्पक्ष न्याय निरूपणका लागि अदालतको पुनः संरचना जरुरी छ । केन्द्रमा संवैधानिक इजलास, सात वटा प्रदेशमा सर्वोच्च अदालतका इजलास, जिल्ला अदालत र सात सय ५३ वटा स्थानीय तहमा देवानी इलाका र फौजदारी इलाका अदालत हुनुपर्छ । अधिवक्ताहरूको स्तर वृद्धि जानु पर्छ ।”
नेपाल बार एसोसिएसनको निर्वाचन महँगो र भ्रष्ट भइसकेको भन्दै उनले नेपाल बारको संरचनासमेत बदल्न जरुरी रहेको औँल्याए । अहिले सर्वोच्च अदालतका महँगा मुद्दाका मात्र नजिर लेखिने गरेको भन्दै उनले प्रत्येक मुद्दाका नजिर लेखिनुपर्ने बताए । गाउँ गाउँमा वास्तविक पीडित र निमुखाहरू न्यायबाट वञ्चित रहेको भन्दै न्यायकर्मी र न्यायमूर्तिहरू स्थानीय तहसम्म पुगेर न्याय दिनुपर्नेमा उनले जोड दिए ।
कार्यशालामा विशेष अदालतका पूर्व अध्यक्ष प्रेमराज कार्की, वरिष्ठ अधिवक्ता बालकृष्ण देवकोटा, अधिवक्ताहरू धनञ्जय खनाल, रवीन्द्र भट्टराई, डा जयमङ्गल प्रसाद, वीरेन्द्र यादव, कृष्ण राई, भोजमान लाम्गादे, रत्न श्रेष्ठ, अमृत खरेल, विषव अधिकारीलगायतले अदालत र कानुन जनताको सुविधाका लागि भन्दा न्यायाधीश र कानुन व्यवसायी अनुकूल भएका भन्दै चिन्ता व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: