बागलुङ । जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ ।
ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।
पछिल्लो समय बसाइसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो । निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रूपमा गरिने भएको हो । कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ । खाएन (खानका लागि) र बिउका लागि गरी दुई थरी आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरिरहेको छ ।
बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिए । उनका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने छ । बिउका लागि ढोरपाटन र ताराखोलाको आलु तथा खाएनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ ।
१३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लगाइने उनले बताए । जिल्ला भरका किसानलाई दुई लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगर बताउँछन् । हालसम्म ७४ वटा कृषि समूह तथा सहकारीले सम्झौता गरेका छन् ।
सूचना अधिकारी पुन मगरले भने – “बागलुङको धेरै जसो ठाउँमा आलु उत्पादन राम्रो हुन्छ, अहिलेसम्म सीमित क्षेत्रमा कृषकहरूले आलु खेती गर्दै आउनु भएको छ, हामीहरूले क्षेत्र विस्तार गर्ने गरी काम गरी रहेका छौँ, सोही अनुसार कृषि ज्ञान केन्द्रले कृषक समूह र कृषि सहकारीलाई आलुको बिउ उपलब्ध गराउन थालेको छ, उन्नत जातको आलुको बिउ काभ्रेबाट ल्याइएको छ भने बिउका लागि स्थानीय जात ढोरपाटन र ताराखोलाबाट ल्याइने छ ।”
उद्यमशील कृषक समूह काठेखोला गाउँपालिका– ३ धम्जा ज्ञानकुमार छन्त्यालले कृषि ज्ञान केन्द्रबाट ३६ क्न्टिल आलुको बिउ लगेको बताए । ७५ प्रतिशत अनुदानमा लगेको आलुको बिउ गाउँका किसान र कृषि समूहमा आबद्ध सदस्यलाई उपलब्ध गराएको बताए । यसले धम्जा गाउँका किसानलाई आलुखेतीतर्फ आकर्षित गरेको उनको भनाइ छ । यस वर्ष धेरै किसानहरु आलु खेती गर्न तर्फ लागेको सुनाउँदै अब उत्पादनमा वृद्धि आउने छन्त्याल बताउँछन् ।
“अहिलेसम्म गाउँमा परम्परागत शैलीमा आलुखेती गर्दै आएका थियौँ, आलुको बिउ पनि पुरानै प्रयोग गर्थ्यौँ, जसले गर्दा उत्पादनमा त्यत्ति धेरै वृद्धि भएको थिएन, अब नयाँ प्रविधिबाट आलुखेती गर्न थालेका छौँ” उनले भने– “कृषि ज्ञान केन्द्रले आलुको बिउ मात्रै नभई हामीलाई आवश्यक परामर्श र खेती कसरी गर्ने भन्ने बारेमा जानकारी पनि पाइयो, अब नयाँ तरीकाबाट आलु खेती गरिनेछ, धेरै आबद्ध पनि भएका छन्, त्यसले गर्दा अब आलु उत्पादन बढ्ने छ ।”
हाल बागलुङमा तीन हजार छ सय ५५ हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष खेती गर्ने क्षेत्रफल बढ्ने छ । बर्सेनि ५९ हजार ६५० टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: