काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज काठमाडौँमा आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।
“गलत गर्नु हुँदैन, गल्ती गर्नेलाई कारबाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । असल नियतले काम गर्दागर्दै भएको भूललाई सहज लिनुपर्छ । मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन,” प्रमुख शाहले भने, “गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन् । सुधारका सङ्केतहरू देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनू, भौतिक प्रगति कति भएको छ हेर्नू, काम भइसकेपछि भुक्तानी नरोक्नू, कोही कर्मचारी बिदामा बसेका कारण सेवा प्रभावित हुनु हुँदैन । कोही बिदामा बस्दा सेवा प्रवाह नरोकिने व्यवस्था मिलाउनुपर्छ ।”
वर्षौंसम्म काम गरिरहेका कर्मचारीको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै उनले भने, “धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन दायित्व विभागीय प्रमुखहरूको हो । यसलाई प्राथमिकता राख्नुहोला ।”
लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए । बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी थिए । यस क्रममा विभागका प्रमुखहरूले प्रगतिको सङ्क्षिप्त जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: