धनुषा । आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन्। यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो। आरतीका पति मोतिबाबु पुर्पक्षका लागि थुनामा छन्।
जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन्। आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको दाबी गर्दै सासू, ससुरा, श्रीमान्, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो। शुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पति मोतिबाबु र ससुरा मदनमोहनमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।
जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरूलाई तारेखमा छाड्न आदेश दिएको थियो। आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौंमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए। पछि सर्वोच्च अदालतले भने श्रीमान् मोतिबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
रवि लामिछाने गृहमन्त्री भएपछि आन्दोलनरत साहका माइतपक्षसँग केही दिनअघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मार्फत घटनाको पुनःअनुसन्धान गर्नेलगायत पाँचबुँदे सहमति गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: