Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

पुटिन पुनः रूसको राष्ट्रपति निर्वाचित हुने निश्चित

खबरडबली संवाददाता

काठमाडौं । भ्लादिमिर पुटिन पुनः रूसको राष्ट्रपति निर्वाचित हुने निश्चित भएको छ। तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित हुन लागेका हुन्। 

गणना अन्तिम चरणमा पुग्दा ८७ प्रतिशत मत पुटिनको पक्षमा भएको बताइएको छ। रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा मतदान भइरहेको छ।

पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिएका छन्। कतिपय स्थानमा उनका समर्थकले विजयोत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ। जितसँगै पुटिन सन् २०३० सम्म सत्तामा रहने छन्। 

रुसमा प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेको थियो। तर सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि बनाइएको थियो।

कतिपय विश्लेषकहरूले सन् २०३६ सम्म पुटिन सत्तामा बसिरहन सक्ने आकलन गर्दै आएका छन्। यसअघि सन् २०१८ मा भएको चुनावमा उनले ७६ प्रतिशत मत पाएका थिए।

रुसी फेडेरेशनका राष्ट्रपति बोरिस येल्त्सिनले सन् १९९९ मा पुटिनलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

पुटिन सन् २००० देखि २००८ सम्म राष्ट्रपति र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए। सन् २०१२ मा पुन: राष्ट्रपति भएयता उनी निरन्तर राष्ट्रपति छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending