कैलाली । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ ।
शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ । पन्ध्र शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ । अहिले भवनमा रङगरोगनको काम धमाधम भइरहेको छ । कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटबाहेक रु. १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पूरा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४गतेसम्मको म्याद दिइएको थियो । यसै महिनाभित्र काम पूरा गर्न अन्तिमपटक म्याद थप भएकाले निर्माण कम्पनी रातदिन काममा जुटेको हो ।
उक्त अस्पतालबाट जोगबुडाको परशुराम नगरपालिका, भागेश्वर र आलितालगाउँपालिकाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।
यसैबीच, महाकाली अस्पतालको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको छ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रु. १४ करोड ३८ लाख २६ हजारमा जीके ओआई जेभीसँग ठेक्का सम्झौता भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - ०९:३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्र...
मंसिर ९ गते, २०८१ - ०९:२५
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित ग...
मंसिर ९ गते, २०८१ - ०९:१९
काठमाडौं । काठमाडौँको सुन्धारास्थित धरहरा चढ्न आजदेखि शुल्क लाग्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला...
मंसिर ९ गते, २०८१ - ०९:१४
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता जारी छ। अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चाप...
मंसिर ९ गते, २०८१ - ०९:१०
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मा...
मंसिर ९ गते, २०८१ - ०८:३१
महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबा...
मंसिर ९ गते, २०८१ - ०७:५९
गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्...
मंसिर ९ गते, २०८१ - ०७:५४
काठमाडौं । भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। २ सय ८८ सिटको महाराष्ट्र व...
मंसिर ९ गते, २०८१ - ०७:४७
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई ...
मंसिर ९ गते, २०८१ - ०७:३९
नारायणकाजी भन्छन्- पार्टीमा गुट नियन्त्रण गर्न नसकेकोमा ३५/३६ वर्षदेखि पार्टीको प्रमुख नेता प्रचण्डले मुख्य जिम्मेवारी लिनुपर्छ
प्रतिकृया लेख्नुहोस्: