Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

खबरडबली संवाददाता
दाङ । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९  भैँसी पालेका छन्  । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन्। 
 
यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उनले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्छन् । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए ।
“खर्च धेरै छ, आम्दानी न्यून हुन्छ”, यादवले भने । बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ । “दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ”, उनले भने, “निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।” दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादवले बताए ।
यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दैआएका छन्  । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ । यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्छन् । “दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ”, यादवले भने । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने  उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आउनुभएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन् । उनले  ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दैआएका छन् । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । “प्रति लिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन”, खनालले भने । उनीसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई  एक सयमा बिक्री गर्ने गरेका छन् । 
सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ ।  स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन्  । “स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ”, खनालले भने । उनको फार्ममा हाल २८ गाई भैँसी छन् ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप खेल्ने सन्दीपको बाटो खुल्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए सँगै विश्वकप खेल्ने बाटो खुलेको छ । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर ...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छः एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छ...

कर्नालीवासीको आयु बढेकै हो त ?

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ ...

वर्षाैँदेखि प्लास्टिकको बोतलमा चामल भरेर उत्तर कोरिया पठाइ रहेछन् जंग-ओ

किन पठाउँछन उनी प्लास्टिकको बोतलमा चामल ?

क्रिकेटर सन्दीपको मुद्दामा घटनाबारे सीसीटीभी फुटेज हेरेपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै...

व्यास नगरपालिकामा के थियो विवाद र पुनः मतगणना आदेश आयाे ?

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।  व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेक...

चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ

ओलीको प्रश्न-'संसद कांग्रेसले घरबाट ल्याएको हो ?'

एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न कांग्रेस नेताहरुलाई चेतावनी

रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।  ती व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्ण...

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयासमा युनियनले झिक्यो बखेडा

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies