Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक

खबरडबली संवाददाता

महोत्तरी  । महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा  पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो ।

लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो । समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ । 

शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले राससलाई जानकारी दिए ।

शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ । क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन् । शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए । क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन् । यिनीहरूको शल्यक्रिया काठमाडौँका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ ।

शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ । प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र यिनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending