काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बिचमा प्रचण्डले महरालाई फोन गरेका हुन् ।
सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए । प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोधेका र यो विषयमा एक घण्टामा महराले जानकारी दिने बताएका एक नेताले बताए ।महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड मङ्गलवार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भएकाले थप छलफल गर्न नभ्याइएको र अर्को बैठकबाट ठोस निर्णय लिने बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । बैठकमा केही नेताहरूले सुन तस्करीमा मुछिएका महरालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए । प्रचण्डले पनि महरालाई बचाउने पक्षमा आफू नभएको र राज्यले गरेको छानबिन प्रक्रियामा सहयोग गर्ने बताएका थिए ।
यद्यपि निलम्बन गर्ने विषयमा महराको प्रतिक्रिया आएपछि मात्रै थप छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको माओवादीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: