काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए। उनका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा करिब ५६ लाख ४३ हजार नौ सय १२ बालबालिकाले खोप लगाएका छन् ।
“हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्”, उनले भने, “प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशत खोप लगाएको पाइएको छ, पूर्ण तथ्याङ्क आउँदा करिब शतप्रतिशतले खोप लगाएको हुनुपर्दछ ।” सरकारले यस वर्ष दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिमरुकुम र जाजरकोटमा यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो ।
खोप भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइएको थियो । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...
श्रावण २९ गते, २०८३ - १७:१६
विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...



प्रतिकृया लेख्नुहोस्: