काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताएको छन् ।
अध्यक्ष नेपालले ५९औँ जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै शताब्दीऔँदेखि थोपरिएको जातीय छुवाछूत, अन्याय, अत्याचार, भेदभाव र अमानवीय व्यवहार वर्तमान समयका निम्ति चुनौती बनिरहेको बताए । जातीय भेदभावविरुद्धका योद्धाप्रति श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दै उनले नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको प्रक्रियामा अघि बढेको छ भने ।
ऐतिहासिक जनक्रान्तिको बलबाट पुन:स्थापित प्रतिनिधिसभाबाट छुवाछूतमुक्त राष्ट्र घोषणा, नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद, जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य, धारा २४ र ४० मा दलितसम्बन्धी मौलिक हकको सुनिश्चितता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेकाले जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व भएको बताए ।
जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्नका लागि कानुनी प्रावधानको कार्यान्वयनमा जोड दिँदै अध्यक्ष नेपालले सामाजिक जागरण र राजनीतिक अभियानका लागि दलित समुदायलाई थप सशक्तीकरण गरी अपेक्षित सफलता प्राप्त कायम हुने विश्वास व्यक्त गरे। दलित समुदायको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि आगामी २०८१ देखि २०९१ को अवधिलाई दलित अधिकार दशकका रूपमा घोषणा गर्नुपर्नेमा उनले जोड दिनुभयोए ।
अध्यक्ष नेपालले यस रूपान्तरण अभियानमा आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न राजनीतिक दल, तीनवटै तहका सरकार, कर्मचारी, नागरिक समाजलगायतलाई आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...




प्रतिकृया लेख्नुहोस्: