भरतपुर । चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।
सो अवसरमा उनले देश सबैको साझा रहेको भन्दै एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताए । उनले आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट हुनुपर्ने भन्दै संविधानमा व्यवस्था भएका कुरा व्यवहारमा लागू हुनुपर्ने बताए ।
यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले आदिवासी जनजातिका हक अधिकारका लागि र सांस्कृतिक पक्षको जगेर्ना गर्न स्थानीय सरकारले सहयोग गरिरहेको बताइन् । उनले आदिवासी जनजाति सांस्कृतिक महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत सफल बनाउने विश्वास व्यक्त गरिन ।
महोत्सव उद्घाटन हुनुपूर्व क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्याली निकालिएको आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । जिल्लामा बसोबास गर्दै आएका सबै आदिवासी जनजाति समुदायले वेशभूषासहित जातीय पहिचान झल्किने संस्कृति देखाउँदै महोत्सवस्थल प्रवेश गरेका थिए ।
विसं २०७८ को जनगणनाअनुसार चितवन जिल्लामा आदिवासी जनजातिका ३९ जातिको बसोबास रहेको पाइएको छ । त्यसमध्ये १७ जाति सङ्गठित भइसकेका छन् । ती सबै जातिलाई महासङ्घसँग सम्बन्ध स्थापित गराउन पनि महोत्सवले विशेष भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवलाई आदिवासी जनजातिमय बनाउनका लागि जनजाति परिसर निर्माण गरिएको छ । ११ वटा जातजातिले सांस्कृतिक घर निर्माण गरेका छन् ।
उनीहरूको घरभित्र दैनिक प्रयोजनमा आउने सामानसमेत राखिएको छ । महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रूपमा परिचय दिलाउन पुराना सामग्री प्रदर्शनमा राखिएको संयोजक दुराले जानकारी दिए । यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।
महोत्सवमा तीन सयभन्दा बढी व्यावसायिक कक्ष राखिएको छ । संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवर्द्धनमा महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए । पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब रु एक करोडबराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब रु ८० लाख खर्च अनुमान गरिएको छ ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा आदिवासी जनजातिका परिकारसँगै व्यापारिक कक्ष, बाल उद्यानसमेत निर्माण गरिएको छ । आदिवासी जनजातिका सबै समुदायको सांस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवका सांस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर) ले जानकारी दिए । त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारले भरपूर मनोरञ्जन प्रदान गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: