Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

खबरडबली संवाददाता

भरतपुर । चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । 

सो अवसरमा उनले देश सबैको साझा रहेको भन्दै एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताए । उनले आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट हुनुपर्ने भन्दै संविधानमा व्यवस्था भएका कुरा व्यवहारमा लागू हुनुपर्ने बताए । 

यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले आदिवासी जनजातिका हक अधिकारका लागि र सांस्कृतिक पक्षको जगेर्ना गर्न स्थानीय सरकारले सहयोग गरिरहेको बताइन् । उनले आदिवासी जनजाति सांस्कृतिक महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत सफल बनाउने विश्वास व्यक्त गरिन । 

महोत्सव उद्घाटन हुनुपूर्व क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्याली निकालिएको आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । जिल्लामा बसोबास गर्दै आएका सबै आदिवासी जनजाति समुदायले वेशभूषासहित जातीय पहिचान झल्किने संस्कृति देखाउँदै महोत्सवस्थल प्रवेश गरेका थिए ।

विसं २०७८ को जनगणनाअनुसार चितवन जिल्लामा आदिवासी जनजातिका ३९ जातिको बसोबास रहेको पाइएको छ । त्यसमध्ये १७ जाति सङ्गठित भइसकेका छन् । ती सबै जातिलाई महासङ्घसँग सम्बन्ध स्थापित गराउन पनि महोत्सवले विशेष भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवलाई आदिवासी जनजातिमय बनाउनका लागि जनजाति परिसर निर्माण गरिएको छ । ११ वटा जातजातिले सांस्कृतिक घर निर्माण गरेका छन् ।

उनीहरूको घरभित्र दैनिक प्रयोजनमा आउने सामानसमेत राखिएको छ । महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रूपमा परिचय दिलाउन पुराना सामग्री प्रदर्शनमा राखिएको संयोजक दुराले जानकारी दिए । यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

महोत्सवमा तीन सयभन्दा बढी व्यावसायिक कक्ष राखिएको छ । संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवर्द्धनमा महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए । पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब रु एक करोडबराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब रु ८० लाख खर्च अनुमान गरिएको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा आदिवासी जनजातिका परिकारसँगै व्यापारिक कक्ष, बाल उद्यानसमेत निर्माण गरिएको छ । आदिवासी जनजातिका सबै समुदायको सांस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवका सांस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर) ले जानकारी दिए । त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारले भरपूर मनोरञ्जन प्रदान गर्नेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending