Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन : सांसद आचार्य

खबरडबली संवाददाता

काठमाडौँ । संसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन् । शासन व्यवस्था सञ्चालन, कानुन निर्माण, विकास निर्माणलगायत विषयमा हाम्रा भिन्नाभित्रै शैली, सिद्धान्त र विचारधारा छन् । यही कारण सामूहिकताका साथ विधि, कानुन बन्न सकिरहेका छैनन् । यसमा ढिलाइ हुने गरेको महसुस भइरहेको छ । 

संविधान कार्यान्वयनका लागि प्राथमिकताका साथ कानुन बनाउनुपर्ने थियो तर छोटो समयमा सरकार परिवर्तन भइरहने र एउटै दलले सरकार बनाउन नसक्ने भएपछि गठबन्धनमा जानुपर्ने परिस्थितिका कारण पनि कानुन निर्माणमा ढिलाइ भएको छ । सबै दलले जुनसुकै विषयमा आ–आफ्नो मतैक्यता र मतभिन्नता राख्न सक्छन् । कानुन निर्माणमा पनि मतभेद हुन स्वाभाविक हो । सबैले स्वीकार गर्ने र सर्वसम्मति बनाउनेमा ढिलो भइरहेको छ । गठबन्धन भएर सरकार बन्नुपर्ने अवस्था छ । तर सबै दलले आ–आफ्नो ‘एजेन्डा’मा अडान लिँदा कतिपय विषयमा दलहरुबीच कुरा नमिल्दा पनि कानुन निर्माणमा ढिलाइ भइरहेको छ ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित धेरै कानुन बन्न बाँकी छन् । ती कानुन चाँडो बन्नुपर्छ भन्ने हामी सबैको चाहना छ । कतिपय कानुन नयाँ बनाउनुपर्ने छन् भने केही कानुन संशोधन तथा परिमार्जन गर्नुपर्नेछ । कानुन निर्माणका क्रममा नेपाली कांग्रेसले जिम्मेवारीका साथ भूमिका निर्वाह गर्छ । संसद्मा उठेका विषयमा पर्याप्त सुनवाइ हुँदैन । संसद्मा उठ्ने धेरैजसो विषय सुशासन र विकास पूर्वाधारसँग जोडिएका हुन्छन् । यो चाहियो, त्यो चाहियो भनेर पूर्वाधार आयोजनासँग सम्बन्धित माग बढी हुन्छन् । हामीसँग स्रोत कम छ, तर आवश्यकता बढी छन् । स्रोत अभावकै कारण संसद्मा हामीले उठाएका सबै विषय तत्काल सम्बोधन गर्नसक्ने अवस्थामा सरकार छैन । हाम्रो आन्तरिक राजस्वले साधारण खर्च धान्दैन । यस्तो अवस्थामा बजेटको आकार मात्रै बढाउने र दायित्व थपिइरहने हो भने हामी समृद्धिको लय पक्रिन सक्दैनौँ । 

यो प्रवृत्तिलाई पुनः विचार गर्नुपर्ने बेला आइसकेको छ । नीतिगत सुधारको प्रस्थान विन्दु खोज्न ढिला भइसक्यो । यही परम्परागत शैलीले अब हाम्रा समस्या समाधान हुँदैनन् । सांसदहरुले आफ्ना कुरा राख्ने, संसद्को रेकर्डमा जाने र कार्यान्वयन नहुने अवस्था हट्नुपर्छ । सबै राजनीतिक दल यस विषयमा गम्भीर हुन जरुरी छ । जुनसुकै दल प्रतिपक्षमा भए पनि आवाज त उठाउँछन्, तर आफैँ सरकारमा जाँदा त्यसको कार्यान्वयन गर्न सकेका हुँदैनन् । यो हाम्रो समस्या हो, जुन  मुलुकको अर्थतन्त्रको अवस्थासँग जोडिन्छ ।

नागरिकले सडक, पुल, खानेपानी, कृषिलगायत पूर्वाधारका क्षेत्रमा माग गरेका हुन्छन् तर राज्यले कुन क्षेत्रलाई प्रवद्र्धन गर्छ र प्राथमिकतामा राख्छ भन्ने स्पष्ट छैन । विनियोजन कुशलता नदेखिएको, शक्ति र पहुँचका आधारमा बजेट विनियोजन भएको र विकासमा विभेद भएको भनेर पनि सुनिने गरेको छ । यी विषयहरु कतिपय सत्य भएर नै उठेका होलान् । सबै सांसदलाई आफ्नो क्षेत्रको विकास गर्नु छ । विकास पूर्वाधारमा, सेवा सुविधामा आफ्नो ठाउँलाई सम्पन्न बनाउनु छ तर हामीसँग त्यसका लागि चाहिने पर्याप्त स्रोत छैन । पर्याप्त पूँजी नहुनु हाम्रो समस्या हो । हाम्रो अर्थतन्त्रको आकार नै सानो छ, यसलाई बढाउनुपर्छ । त्यसका लागि हाम्रो काम गर्ने शैली, प्राथमिकताका क्षेत्र निर्धारण, कानुनी तथा संरचनागत सुधारलगायत कुरा परिवर्तन गर्न आवश्यक छ । 

अभाव नै अभावबीच हामी नेपाली जनतालाई वितृष्णा बाँडिरहेका छौँ भन्ने लाग्न थालेको छ । आफ्नो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने र दैनिक खर्च चलाउनकै लागि ऋण लिनुपर्ने अवस्थामा हामी जाँदैछौँ । हाम्रो ऋणको आकार ठूलो हुँदै गएको छ । न विकास हुन्छ, न ऋणको आकार घट्छ । बरु त्योभन्दा एकैपटक धेरै ऋण लिएर उत्पादन तथा पूँजी निर्माणका क्षेत्रमा लगाउने र त्यसबाट अर्थतन्त्रको आकार बढाएर बिस्तारै साधन स्रोत सम्पन्न हुँदै जाने पो हो कि १ केही देशले आफ्नो जिडिपी आकारभन्दा ठूलो ऋण लिएका पनि छन् । त्यसरी ऋण लिएर त्यसबाट पूँजी सृजना हुन्छ, प्रतिफल आउँछ र तिर्न पनि सजिलो हुन्छ । तर हामी त साधारण खर्च धान्नकै लागि ऋण लिनपर्ने अवस्थामा पुगिसकेका छौँ । 

चालु आर्थिक वर्षको बजेट ल्याउँदै गर्दा दोस्रो चरणको आर्थिक सुधारका लागि प्रयास थाल्ने भनिएको थियो । हुन त सरकारका सिद्धान्त प्राथमिकता, नीति तथा कार्यक्रममा सबै कुरा समेटिएका हुन्छन् तर सरकारको नेतृत्वमा बसेका व्यक्तिले के कुरालाई प्राथमिकतामा राख्छन् भन्ने महत्वपूर्ण कुरा हो । नेपालमा जति पनि आर्थिक र वित्तीय क्षेत्रसँग समस्या देखिएका छन्, त्यसको मूल कारण भनेको पूँजी निर्माणका क्षेत्रमा लगानी हुन नसक्नु हो । कुन क्षेत्रमा लगानी गर्ने भनेर राज्यले अझै देखाइदिएको छैन । यो अस्पष्ट छ । 

अनुत्पादक क्षेत्रमा लगानी भएर पैसा थुप्रिएको छ । उदाहरणका लागि घरजग्गा क्षेत्रमा लगानी बढ्ने र त्यसको मूल्य मात्रै बढिरहने भयो भने हामीलाई त्यसले के फाइदा भयो त ? यसले केही पनि फाइदा हुँदैन । हाम्रो लगानी उत्पादनका क्षेत्रमा केन्द्रित गर्नेगरी राज्यले नीति अवलम्बन गर्ने र त्यसको कार्यान्वयनका लागि प्राथमिकताका साथ अघि बढ्नु अहिलको आवश्यकता हो । हामी अझै त्यो चरणमा पुग्न सकेका छैनाँै । 

यद्यपि, केही सकारात्मक प्रयास भएका छन् । उदाहरणका लागि पछिल्लो समय छिमेकी मुलुक भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्नेगरी सम्झौता गरेको छ । यसले लगानीको क्षेत्र पहिचानमा मद्दत गर्छ । कृषि, पर्यटनका क्षेत्रमा पनि राज्यले सहयोग गर्नुपर्छ । हाम्रो पूर्वाधार निर्माण गर्न मोडल परिवर्तन गर्न ढिला भइसक्यो । जहाँका जनताको खर्च गर्न सक्ने क्षमता बढी छ, त्यहाँ राज्यले न्यून लगानी गर्छ भने जहाँ कम छ त्यहाँ बढी लगानी आवश्यक हुन्छ । सबै विकास आवश्यकता सरकारी स्रोतबाट पूर्ति गर्न नसकिने भएकाले सार्वजनिक निजी साझेदारीलगायत विकास अवधारणामा हामी जान सक्छौँ ।

सांसद कतिको अनुभवी छन् भन्ने कुराले संसद् र संसदीय समितिका काम कति प्रभावकारी ढङ्गले अगाडि बढ्छन् भन्ने निर्धारण हुँदो रहेछ । संसदीय अभ्यासमा भिजिसकेका र पुराना सांसदले त्यो अभ्यास सिकिसक्नु भएको हुन्छ । तर नयाँ सांसदका लागि काम गर्दै र सिक्दै गएका हुन्छन् । सांसदहरुले संसद् र समितिमा कस्तो कुरा उठाउँछन् भन्ने कुराले मुलुकको भविष्य कस्तो निर्धारण हुँदैछ भन्ने प्रतिबिम्बित गर्छ । मुलुकलाई कता लैजाने भने भनेर छलफल हुने ठाउँमा तयारीका साथ जानुपर्छ । हामी आफैँले पनि धेरै कुरा सिक्न बाँकी छ । 

प्रतिनिधिसभा निर्वाचन सकिएको करिब १६ महिना बितिसक्यो तर हामीले गर्न चाहेका कुरा केही पनि पूरा भएका छैनन् । यद्यपि, सबै खराब नै भयो भन्ने पनि होइन । राम्रो गर्छौं भन्ने आशा अझै बाँकी छ । जनप्रतिनिधि नै निराश भए भने आम नागरिकमा कसरी आशा जाग्न सक्छ रु हामीले गरेका वाचा र प्रतिबद्धताअनुसार धेरै काम गर्न बाँकी छ । अधिकांश सांसदले आफूले गरेका वाचा पूरा गर्न सक्नुभएको छैन । यो कटुसत्य हो । नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नेमा सरकार र सबै राजनीतिक दल गम्भीर हुन जरुरी छ । सधैँ एउटै तौरतरिका, कार्यशैलीले हामी नयाँ गन्तव्यमा पुग्न सक्दैनौँ । काम गर्ने शैली उस्तै छ, कानुन बनाउने प्रक्रिया उस्तै छ । यसले नतिजा दिन सक्दैन । जनताले चाँडै नतिजा चाहेका छन् । कानुन छिटो ल्याउन सकिने तरिका होलान् । त्यसबारे सोचौँ, छलफल गरौँ र चाँडो निकास निकालौँ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...

भारतबाट एक अर्बको आलु आयात

बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...

एनसिबी र राहदानी विभागबिच समझदारी

काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...

बेचन झा थुनामै रहने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...

नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब माथीको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...

आजको मन्त्रिपरिषद्को बैठकले भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...

संसदीय समितिले पर्यटन मन्त्रीलाई भन्योः आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्नु

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy