Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

खबरडबली संवाददाता

एजेन्सी । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । 

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ । आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रूसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी रूसी सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा आजको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । गुटेर्रेसले रूसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रूसीसरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरे । 

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रूसी सरकार र अन्य अधिकारीहरूसँग आतङ्कवादका यी निन्दनीय कार्यहरूका दोषी र समर्थकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ । 

“सुरक्षा परिषद्का सदस्यहरूले जघन्य र कायरतापूर्ण आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्,” विज्ञप्तिमा भनिएको छ । रूसी नेता पुटिनले यस आक्रमणबारे समाचार तयार पार्दासम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैन । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस जघन्य आतङ्कवादी आक्रमणको भत्र्सना गर्दै भनेका छन्,, “दुःखको यस घडीमा भारत सरकार रूसी महासङ्घका जनतासँग ऐक्यबद्धताका साथ उभिएको छ ।” जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायाशी माकीले आक्रमणको निन्दा गर्दै जापानले शोक सन्तप्त रूसी नागरिकप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते जनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । 

त्यसैगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रूसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गरेका छन् । चिनियाँ राष्ट्रपति सीले चीनले सबै प्रकारका आतङ्कवादको विरोध गर्ने, आतङ्कवादी आक्रमणको कडा निन्दा गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका लागि रूसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने कुरामा जोड दिए । 

विगत दुई वर्षदेखि रूसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेखेका छन्, “युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन ।”

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले ‘मस्कोमा भएको आतङ्कवादी हमला पुटिनको आदेशमा रुसी विशेष सेवाहरूको योजनाबद्ध र सुनियोजित उक्साहट भएकोे’ बताउँदै युक्रेनसँगको युद्धलाई थप चर्काउने र विस्तार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भने, “यस भयानक गोलीकाण्डका पीडितहरुप्रति हाम्रो समवेदना छ । ‘घटनास्थल र वरपरका तस्वीरहरू भयानक छन् र हेर्न गाह्रो छ ।”

ह्वाइट हाउसका अनुसार अमेरिकाले मार्चको सुरुमा रूसका अधिकारीहरुलाई मस्कोमा हुने ‘ठूलो जमघट’लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन (ईयू) ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ । “इयूले नागरिकमाथि हुने कुनै पनि आक्रमणको निन्दा गर्दछ । प्रभावित सबै रूसी नागरिकप्रति हाम्रो समवेदना छ,” ईयूका प्रवक्ताले बताए । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इस्लामिक स्टेट (आइएस)ले रूसमा गरेको आतङ्ककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताएका छन् । “फ्रान्सले पीडित, उनीहरूका प्रियजन र सम्पूर्ण रुसी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछ,” फ्रान्सको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । 

“मस्को नजिकैको क्रोकस सिटी हलमा निर्दोष मानिसहरूमाथि भएको भयानक आक्रमणका चित्रहरू भयानक छन् । घटनास्थल र पृष्ठभूमिको छिट्टै अनुसन्धान हुनुपर्छ,” जर्मनीको विदेश मन्त्रालयद्वार एक्स (ट्विटरमा)मा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई ‘आतङ्कवादी कार्य’ भनेका छन् । “मस्कोमा निर्दोष नागरिकको नरसंहारको भयावहता अस्वीकार्य छ,” मेलोनीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्”, “प्रभावित जनता र पीडित परिवारप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।”

मेक्सिकोको विदेश मन्त्रालयले नागरिकको जीवनविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधिलाई अस्वीकार गर्ने जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE