तनहुँ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजारको रहेको छ । नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार डा रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
सङ्घीय सांसद रेखा यादवले सम्मानित व्यक्तित्वलाई पुरस्कृत गर्दै कला र साहित्यका क्षेत्रबाट देश विकासका लागि सकारात्मक दबाब सृर्जना गर्न आग्रह गरे । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले तनहुँ कला, संस्कृति र साहित्यमा धनी रहेको चर्चा गर्दै साहित्यको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ ।
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिई हाल काठमाडौं बुढानिलकण्ठ निवासी डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, सङ्गीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको सचिव माधव अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: