Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट

खबरडबली संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच आज यहाँ द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बङ्गलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बङ्गलादेश हुने निर्यातको मात्रा भने न्यून नै रहिआएको भन्दै दुई मुलुकबीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए । 

बङ्गलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहिआएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए । दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडीबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बङ्गलादेश नेपालको सम्भाव्य बजारका रूपमा रहेकाले उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बङ्गलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहलकदमीका लागि उद्योगमन्त्री भण्डारीले आग्रह गरे । 

सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई प्रवर्द्धन गर्नेगरी सम्झौतालाई अन्तिम रूप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए । 

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिँदै उनले सामुन्द्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुट सञ्चालनका लागि राज्यमन्त्री चौधरीसँग उनले आग्रह गरे । 

उद्योगमन्त्री भण्डारीले नेपाल–बङ्गलादेश व्यापारका लागि काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध रूट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फूलबारी भन्सार विन्दुबाट मात्र बङ्गलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएको पनि उल्लेख गरे । 

विगतमा भएका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले बङ्गलादेशका जलमार्ग उपयोग गर्नेसम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारी भने, “नेपाल र भारतबीचको पारवहन सन्धिले अन्तरदेशीय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ, जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बङ्गलादेशको धारणाको अपेक्षा गरेको छु ।”

भारतीय प्रसारण लाइनमार्फत नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका लागि भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद् रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानी सुनिश्चित गर्न आग्रह गरे । 

साथै उनले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको बताउँदै बङ्गलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गरे । 

अति कम विकसित मुलुकका रूपमा समेत सहयोगको विस्तार गर्दै संयुक्तरूपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारीलगायतका विषयमा समेत दुई देशबीच सहयोग आदानप्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिए । 

भेटका क्रममा बङ्गलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै आफू बङ्गलादेश फर्केर सो विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराउने बताए । 

उनले नेपाल र बङ्गलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिए । राज्यमन्त्री चौधरीले आगामी अप्रिलमा हुने दुई देशका सचिव र सहसचिवस्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending