Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

हजुरआमा र आमाहरु छोराछोरीसँगै एसइई दिँदै, नायिका करिष्मा मानन्धरको आँटले दियो साहास

खबरडबली संवाददाता
भक्तपुर । सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगिन् । रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुँदै छिन्  । 
 
श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उहाँ मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएको थिन् । सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेको हो ।
 
“सानैदेखि पढ्ने इच्छा थियो । रामेछापमै भाइलाई विद्यालय पु¥याउन जाँदा कक्षा ३ सम्म त पढेँ”,  उनले भनिन्, “त्यसपछि छोरी मान्छेले पढ्नुहुदैन भनेर छुटाइदिनु भयो । अठार वर्षमै विवाह भयो । त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो ।” उनका छोराबुहारी र नातिनातिनी अहिले अष्ट्रेलियामा छिन्। 
 
उनी त एउटा उदाहरणीय पात्र मात्रै छिन्। विगतका वर्ष जस्तै यसवर्ष पनि आस्था महिला विद्यालयबाट उहाँ जस्ता १२ जना हजुरआमा एसइई दिँदै छिन्। बिहान र साँझ घरको काम सकाएर उनीहरु बाँकी समय पढाइमा बिताउछिन् । त्यसैमध्येकी एक छिन्,  ३८ वर्षे अम्बिका अधिकारी । उहाँ घरको सबैकाम सकेर दिनभर पढाइमा व्यस्त छिन्। 
 
करिष्मा आँटले साहास दियो
 
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसइई दिएको समाचारले उत्साहित बनायो । सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आएकी उनको विवाहपछिको पढाइ छुटेपनि पढ्ने रहर भने छुटेको थिएन । 
 
तामाङ भन्न्छिन् “पढ्ने रहर मरेकै थिएन,  कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्नेृ गर्थे, एकदिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसइई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ, यो विद्यालय देखेँ ।  भोलिपल्टै विद्यालय आएँ र पढ्न सुरु गरेँ ।”
 
उनी विहान घरको सबै काम सकाएर छोरीलाई प्ले ग्रुपमा राखेर १० बजेको विद्यालय भेट्याउन पुगिन् । साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्नुहुन्छ । सुरुमा गाई र बाख्रा पालेर बस्न सुझाव दिनेहरु अहिले उनको आँट देखेर प्रशंसा गर्ने गरेको उनले सुनाउनुभयो । “देवर र देउरानीले पनि पढ्नका लागि ऊर्जा थप्नुभएको छ । परिवारको साथ र सहयोगले पढ्ने रहर पूरा हुँदैछ”, उनले भनिन्। 
 
आमा र छोरीसँगै एसइईको तयारीमा
जिरी दोलखा घरभई हाल सूर्यविनायक नगरपालिका‐४ हर्षचोक बस्दै आउनुभएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसइई परीक्षा दिने तयारीमा हुनुहुन्छ । कक्षा ५ सम्म माइतीमै पढेकी उनले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसइईामा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ । 
 
एसइई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उनले सुरुमा घरबाट पढ्न नजाउ भन्दा भागी भागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाइन् । आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उनले भनिन्, “परीक्षा नजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउछिन्, एसइई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ, छोरीको नर्स पढ्ने लक्ष्य छ ।”
 
खोटाङ घरभई हाल सूर्यविनायक‐३ बालकोट बस्दै आएकी ५२ वर्षकी शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाएको छिन् । श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्वाह नगरी विद्यालय आएको सुनाउँदै उनी पहिला कुरा काट्नेहरु अहिले प्रशंसा गर्न थालेको बताउछिन् ।
 
जेठानीले यसै विद्यालयबाट एसइई दिएपछि श्रीमान् आफैले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घरभई बालकोट आइपुगेकि ४० वर्षीया जुनकिरी थापामगरले सुनाइन्। 
 
त्यस्तै कथा ४२ वर्षे भवानी भुजेलको पनि छ । उमेरले चार दशक कटेपनि उहाँमा पढ्ने जाँगर भने मरेको छैन । साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आएकी उनलाई बैंकबाट अवकाश प्राप्त श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसइईसम्म आइपुगेको बताउछिन्। 
 
विसं २०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सरेकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्व बुझेर यही स्कुलबाट पढाइ सुरु गरेको बताउछिन् । नेपाली सेनामा कार्यरत श्रीमान्को सहयोग, १२ कक्षा पढ्दै गरेको छोराछोरीले सिकाउँदा पनि दिमागले टपक्क टिप्न नसक्ने गरेको बताउँदै एसइई उत्तीर्ण गर्ने आँट भने रहेको बताउछिन्। 
 
दोलखा हुदै बालकोट बस्ने २७ वर्षीया कल्पना विक अरुसँग हेपिएर बस्नु हुँदैन, अपूरो शिक्षा पूरा गर्नुपर्छ, पढ्ने रहरलाई मार्नुहुदैन भन्ने लागेर यहाँ आउनेबाटै विद्यालय आएर भर्ना भएको बताउनुहुन्छ । कक्षा ९ देखि स्नातकसम्म पढ्दै गरेको छोराछोरीले पढ्न सघाउने गरेको बताउदै उहाँले एसइईको नतिजा आएपछि भावी लक्ष्य निर्धारण गर्ने बताउछिन् । 
 
इच्छालाई उमेरले छेक्दैन भन्ने ४४ वर्षीया विष्णु बर्मेलाई छोराले स्कुल भर्ना गरिदिएपछि एसइईको सङ्घारमा आइपुगेको बताउछिन्। ओखलढुङ्गाबाट मध्यपुरथिमि चारदोबाटो बस्दै आएकी उनलाई श्रीमान् र छोराछोरीको सहयोगले परीक्षामा उत्साह थपेको बताउछिन्।
 
सिङ्गो परिवार तरकारी खेतीमा लाग्दै आउनुभएकी मध्यपुरथिमिकी स्थानीयवासी ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसइईपछि पूरा हुने बताउछिन् । छोराछोरी स्नातक तहसम्म पढाएकी उनले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरेपनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ । 
 
यही विद्यालयबाट एसइई परीक्षाको तयारीमा रहेका राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरुलेनै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटेपनि एसइई परीक्षा उत्र्तीण हुने अठोट राख्नुभएको छ । विसं २०६९ देखि एसइई परीक्षामा सहभागी हुदै आएका यस विद्यालयका हजुरआमाहरुले अहिलेसम्म १२आँै समूहसम्म आइपुग्दा एक सय ६२ जनाले एसएलसी तथा एसइई परीक्षा दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताए । 
 
अहिलेसम्म यहाँ पढ्नेमध्ये ५० प्रतिशत आमाहरुले कक्षा १० माथिको उपल्लो कक्षामा पढ्ने अवसर जुराएको बताए। यस वर्षबाट ग्रेडिङ सिस्टम हटाउँदा भने परीक्षार्थी आमा र हजुरआमाहरुको मन अलि खस्किए पनि परीक्षा पास गर्ने आँट भने उत्तिकै रहेको बताए। बिहानी र दिउँसो गरेर सञ्चालन हुँदै आएको विद्यालयमा पढ्न नपाएका र पढ्ने रहर भएका आमा र हजुरआमालाई पढाउने १४ जना शिक्षिकाहरुको मेहनत निकै ठूलो छ । विद्यालयमा धेरै महिला आउने गरे पनि भाडाको भवनमा बस्नु पर्दा समस्या आएको र आफ्नै भवन नहुँदा धेरै समस्या भोग्नु परेको विद्यालयकी संस्थापक रविना कार्कीले बताईन्।
 
स्थापनाकालदेखि विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत कविता श्रेष्ठले विद्यालयमा आउने महिला एकदमै पढ्न इच्छा बोकेर आउने र धेरै मेहनत गर्ने गरेको बताईन्। बच्चालाई पढाउनभन्दा धेरै मेहनत आमाहरुलाई पढाउनु भएको बताईन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: