Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन् । 

विविध कारण उक्त गाउँपालिकाको वडा नं ७ र ८ का करिव एक हजार दुई सय परिवार ४९ वर्षदेखि लालपुर्जाका पर्खाइमा रहेका हुन् । विसं २०३२ को नापीअनुसारको नक्सा र हालको जमिनको वास्तविक अवस्था फरक भएकाले तत् समयमा नाप, नक्सा भएको फिल्डको व्यहोरा, जमिनमा परिवर्तन भएको अवस्थाका कारण स्थानीयलाई लालपुर्जा दिने पटकपटकका प्रयास असफल हुँदै आएका छन् । “प्रधानमन्त्रीले हामीलाई लालपुर्जा दिनु भन्ने निर्देशन दिनुभएको सुनियो, हामी आशा गरेर बसेका छौँ”, ८ नं वडाका वृद्ध चित्रबहादुर श्रेष्ठले भने । उनका अनुसार विसं २०३२ देखि यहाँका बासिन्दाले जग्गा धितो राखेर केही काम गर्ने, नामसारी गरेर बिक्री गर्नसमेत पाएका छैनन् ।

उनले भने, “सरकारलाई तिरो तिरेका केहीले बिक्री गरेका छन्, त्यो पनि तिरोको रसिदका आधारमा मात्रै, तर उनीहरुसँग जमिनको लालपुर्जा छैन ।” २०३२ सालमा विवाद भएपछि पुनः स्थानीय र केही अग्रजको नेतृत्वमा भएको प्रयासले विसं २०३५ मा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि जाँदा सिमानाको विषयमा दुई गाविसबीच झै–झगडा भएपछि थप काम नभएको र लालपुर्जा वितरणको काम रोकिएको थियो ।

यही चैत ६ गते प्रम दाहालले प्रतिनिधिसभामा काभ्रेपलाञ्चोकको सांसद गोकुल बाँस्कोटाले सोधेकाे प्रश्नको जवाफ दिँदै भुम्लु गाउँपालिकामा विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नपाएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका थिए । “काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले करिव ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा छ जानकार छु, “त्यस क्षेत्रमा २०३२/३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भइसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन, त्यहाँ बाँकी काम शीघ्र सम्पन्न गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न निर्देशन दिइसकेको छ”, प्रम दाहलले जवाफमा भनेका थिए । 

भुम्लु ७ का रामप्रसाद खरेलले केही समयमा आफ्नो जमिनको लालपुर्जा पाउनेमा खुसी भएको बताए । उनले भने, “प्रम प्रचण्डले नै चासो दिएपछि अब पुर्जा पाउनेमा ढुक्क भएका छौँ ।” उनले भुम्लुको समस्यालाई यसअघि कसैले पनि गम्भीररुपमा नलिएकाले आधा शतकसम्म लालपुर्जाविहीन अवस्थामा रहनुपरेको दुखेसो पोखे । सोही वडाका रमेश खरेलले लामो समयपछि लालपुर्जा पाउने आशमा बसेका भुम्लुवासीमा आशा पलाएको बताए । 

साविकको पिपलटार गाविस विभाजन हुँदा भुम्लुटार र फलाँटे गाविस दुवैमा ‘टार’ भन्ने स्थानको खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयको विवादले विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका तत्कालीन नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो । 

गाउँमा झगडा भई नापी टोली फर्किएको करिब ३५ वर्षपछि २०७१ माघमा नापी कार्यालयले गाउँमै स्थानीयको निवेदन सङ्कलन र जग्गाको फिल्ड निरीक्षण, कित्ताकाट, जग्गाको फिल्ड–बुक कायम गर्दै लालपुर्जा तयार पार्ने काम सुरु गरे पनि विविध कारणले त्यति बेला पनि समस्या समाधान गर्न भने सकेको थिएन । लामो समयदेखिको समस्या सुल्झाउने उपायस्वरुप २०७९ चैत महिनामा भुम्लुका नागरिकको तत्कालीन अवस्थाको जग्गाको लिखत उतारिएको थियो । त्यसयता पनि सरोकारवाला निकायले कुनै पहल गरेका थिएनन् । 

तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीन परिवारले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदनसमेत दर्ता गरेका थिए । 

यसअघि लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस भएको जनाइँदै आइएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE