Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चितवन महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर

खबरडबली संवाददाता

चितवन । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ । 
 
त्यो वास्तविक गाउँ नभई आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक मेलाका लागि नारायणी नदी किनारमा निर्माण गरिएका  विभिन्न जातजातिका पहिचान झल्कने नमूना घर हुन् । तिनै घरहरु नै अहिले महोत्सवका मुख्य आकर्षण बनेका छन् । 

विभिन्न जनजातिका घर नै महोत्सवमा आउने दर्शकको रोजाइमा  परेको  महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले बताए। उनले भने, “हामीले विभिन्न आदिवासी जनजातिका घर निर्माण गरेका छौँ, ती घरहरु नै महोत्सवका मुख्य आकर्षण बनेका छन्, यी नमूना घरको अवलोकन गर्ने र फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।”

उनका अनुसार महोत्सवस्थलमा विभिन्न जातजातिका ११ घर निर्माण गरिएका छन् । ती घरमा जातजाति अनुसारका मौलिक संस्कार, संस्कृति तथा पहिचान झल्किने सामग्री राखिएका छन् । आदिवासी जनजाति समुदायको मौलिक संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही चैत ९ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चितवनमा बसोबास गर्ने १७ जनजातिमध्ये गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेल, दराई, कुमाल, तामाङ, बोटे, राईलगायत जातिले आफ्नो मौलिक घर नै निर्माण गरेर जनजाति बस्ती नै निर्माण गरेका छन् । 
   
सोही बस्तीभित्र मौलिक परम्परागत घर निर्माण गरेका गुरुङ समुदायले आफ्नो मौलिक संस्कार तथा संस्कृति झल्कने सामग्री राखेका  छन्  । उक्त घरभित्र र बाहिर राखेका गुरुङ समुदायको संस्कृति झल्किने सामग्री अवलोकन र फोटो खिच्नेको भीड लाग्ने गरेको तमू प्ये ल्हु सङ्घ चितवनका अध्यक्ष विक्रम गुरुङले  बताए । उनका अनुसार उक्त घरमा गुरुङ समुदायले परापूर्वकालदेखि जन्मदेखि मृत्युसम्म प्रयोग गर्दै आइरहेका सामग्रीलाई प्रदर्शनीमा राखेका  छन् ।  गुरुङ घरमा परापूर्वकालमा गुरुङ समुदायले प्रयोग गर्ने, ढिकी, जातो, हलो जुवा, कोदाली, कोदोको जाँडरक्सी बनाउने हाडाबाडा, मादल, धान मकै राख्ने भकारी, मासु सुकाउने भार, ओदान, पितृपूजा गर्ने स्थल, निर्माण, फैलु राख्ने स्थान, क्होइवोलगायत परम्परागत सामग्री प्रदर्शनीमा राखिएको उनको भनाइ छ ।  

साथै गुरुङ समुदायका परिकारसमेत  राखिएका  छन् । गुरुङ जातिको मात्र नभई नारायाणी नदी किनारमा  निर्माण गरिएका अन्य जनजातिका घरहरुमा पनि आ–आफ्नै मौलिक परम्परागत पहिचान तथा संस्कार एवं संस्कृति झल्किने  सामग्री राखिएका छन् । अन्य समुदायका घरमा पनि गुरुङको घरमा जस्तै अवलोकन गर्ने र फोटो खिच्नेको भीड लाग्ने गरेको छ । 
   
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा सुरु भएको महोत्सज चैत १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक विभिन्न जातजातिका संस्कृति झल्किने झाँकीसहित राष्ट्रियस्तरका गायकगायिकाका साथै   विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहँदै आएको आयोजकले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending