Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

चितवन महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर

खबरडबली संवाददाता

चितवन । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ । 
 
त्यो वास्तविक गाउँ नभई आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक मेलाका लागि नारायणी नदी किनारमा निर्माण गरिएका  विभिन्न जातजातिका पहिचान झल्कने नमूना घर हुन् । तिनै घरहरु नै अहिले महोत्सवका मुख्य आकर्षण बनेका छन् । 

विभिन्न जनजातिका घर नै महोत्सवमा आउने दर्शकको रोजाइमा  परेको  महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले बताए। उनले भने, “हामीले विभिन्न आदिवासी जनजातिका घर निर्माण गरेका छौँ, ती घरहरु नै महोत्सवका मुख्य आकर्षण बनेका छन्, यी नमूना घरको अवलोकन गर्ने र फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।”

उनका अनुसार महोत्सवस्थलमा विभिन्न जातजातिका ११ घर निर्माण गरिएका छन् । ती घरमा जातजाति अनुसारका मौलिक संस्कार, संस्कृति तथा पहिचान झल्किने सामग्री राखिएका छन् । आदिवासी जनजाति समुदायको मौलिक संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही चैत ९ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चितवनमा बसोबास गर्ने १७ जनजातिमध्ये गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेल, दराई, कुमाल, तामाङ, बोटे, राईलगायत जातिले आफ्नो मौलिक घर नै निर्माण गरेर जनजाति बस्ती नै निर्माण गरेका छन् । 
   
सोही बस्तीभित्र मौलिक परम्परागत घर निर्माण गरेका गुरुङ समुदायले आफ्नो मौलिक संस्कार तथा संस्कृति झल्कने सामग्री राखेका  छन्  । उक्त घरभित्र र बाहिर राखेका गुरुङ समुदायको संस्कृति झल्किने सामग्री अवलोकन र फोटो खिच्नेको भीड लाग्ने गरेको तमू प्ये ल्हु सङ्घ चितवनका अध्यक्ष विक्रम गुरुङले  बताए । उनका अनुसार उक्त घरमा गुरुङ समुदायले परापूर्वकालदेखि जन्मदेखि मृत्युसम्म प्रयोग गर्दै आइरहेका सामग्रीलाई प्रदर्शनीमा राखेका  छन् ।  गुरुङ घरमा परापूर्वकालमा गुरुङ समुदायले प्रयोग गर्ने, ढिकी, जातो, हलो जुवा, कोदाली, कोदोको जाँडरक्सी बनाउने हाडाबाडा, मादल, धान मकै राख्ने भकारी, मासु सुकाउने भार, ओदान, पितृपूजा गर्ने स्थल, निर्माण, फैलु राख्ने स्थान, क्होइवोलगायत परम्परागत सामग्री प्रदर्शनीमा राखिएको उनको भनाइ छ ।  

साथै गुरुङ समुदायका परिकारसमेत  राखिएका  छन् । गुरुङ जातिको मात्र नभई नारायाणी नदी किनारमा  निर्माण गरिएका अन्य जनजातिका घरहरुमा पनि आ–आफ्नै मौलिक परम्परागत पहिचान तथा संस्कार एवं संस्कृति झल्किने  सामग्री राखिएका छन् । अन्य समुदायका घरमा पनि गुरुङको घरमा जस्तै अवलोकन गर्ने र फोटो खिच्नेको भीड लाग्ने गरेको छ । 
   
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा सुरु भएको महोत्सज चैत १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक विभिन्न जातजातिका संस्कृति झल्किने झाँकीसहित राष्ट्रियस्तरका गायकगायिकाका साथै   विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहँदै आएको आयोजकले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: