काठमाडौं । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् ।
दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सिद्धार्थ र अदिति राव हैदरीले तेलंगानाको श्रीरंगापुरम जिल्लाको रंगनायक स्वामी मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । दुवै पछिल्लो केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।
सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको थियो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।
अदितीको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो । अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।
अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागेकी थिइन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: