Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

लिफ्टिङ आयोजनाले बदलियो मटेरा गाउँको मुहार

खबरडबली संवाददाता

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४  मटेराका  ५० बर्षीय पूर्णबहादुर चौधरी कृषि पेसामा संलग्न छन् । उनले तोरी, चना, केराउजस्ता तरकारीखेती गर्दै आएका छन् । त्यसो त उनले यसअघि पनि नौ बिघा जमिनमा तरकारी लगाउँथे । तर पहिलेभन्दा अहिले उत्पादन बढेको छ । 

“पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ”, चौधरीले भने, “त्यसैले अहिले खुसी छु ।” उनको जमिनमा तरकारी उत्पादन बढ्नुको प्रमुख कारण लिफ्ट सिँचाइ आयोजना हो  । लिफ्टिङबाट सिँचाइ गरेपछि बेमौसमी तरकारी उत्पादन गर्न उनलाई सजिलो भएको छ । उनि पूर्ववडा सदस्य पनि हुन् । कृषि पेसा र राजनीति दुवैलाई समानान्तर रूपमा अघि बढाइरहेका छन् । 

पहिले गाउँ नजिकै बबई नदी बगे पनि  सिँचाइ अभावले एक याममा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुँदैन थियाे । घरमा खानका लागि पुग्थ्यो । लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि धेरै सजिलो भएको उनको भनाइ छ । 

लिफ्टका लागि सोलार र विद्युत् दुवै जडान गरेको उनले बताए । उनले गत वर्ष  घरखर्च चलाएर वार्षिक रु पाँच लाख आम्दानी गरेका थिए । यो वर्ष त्योभन्दा धेरै आम्दानी हुने आशामा छन् । उनले खेती गर्न कृषि औजारको प्रयोग गरिरहेका छन् । ती कृषि औजार लुम्बिनी प्रदेश सरकारबाट अनुदानमा प्राप्त भएका हुन् । 

पूर्णबहादुर मात्रै होइन सिँचाइको सुविधा भएपछि मटेरिया गाउँ बाह्रै महिना हरियाली हुन थालेको छ । मटेरिया गाउँ पकेट तरकारीखेतीका रूपमा चिनिन थालेको छ ।  सोही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले पनि तोरी र तरकारीखेतीबाट राम्रो आम्दानी गरिरहेकी छिन् । पहिले खान नपुग्ने जमिनबाटै अहिले बेच्न पुग्ने अन्न र तरकारी उत्पादन गर्न थालेकी छिन् । 

“यसको मुख्य कारण सिँचाइ नै हो”, अष्टुमीले भनिन्, “यसपटक तीज, दसैँ, तिहारको समयमा टमाटर र काउलीजस्ता तरकारी बेचेरै रु एक लाख ५० हजार कमाएँ ।” उनले  तोरी तथा तरकारीखेतीबाट खर्च  कटाएर वार्षिक रु साढे तीन लाख बचत गरेको बताइन् । 

केही वर्षपहिले बृहत् सिँचाइ योजना दाङले रु एक करोड ५० लाखको लगानी र गाउँलेहरूको रु पाँच लाख मूल्य बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण  गरिदिएको  थियो । सोही आयोजनाले गर्दा मटेरियाको मुहार नै फेरिएको हो । 

आयोजनाअन्तर्गत गाउँ नजिकै भएर बग्ने बबई नदीको पानीलाई करिब छ सय मिटर  लम्बाइ रहेको लिफट सिँचाइमार्फत पानी  तानिएको छ । 

त्यसरी तानिएको पानीले मटेरिया आसपासको दुई सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ जसमा एक सय २० घर थारू समुदाय र २० घर अन्य समुदाय लाभान्वित छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव

सुनसरी । सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले स...

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ ।  पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्...

सर्लाहीका पाँच पालिकाका विद्यार्थीले अझै पाएनन पाठ्यपुस्तक

सर्लाही । सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् । जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नग...

मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० ...

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ ।  शुक्रबार राती मकालु गाउँपालिका–५ खोक...

राैतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

राैतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानीय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ । गाँजा सहित पक्राउ...

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको का...

इलाम-२ मा ५८ र बझाङमा ५० प्रतिशत मतदान

काठमाडौं । आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रत...

सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ । स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies