दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ५० बर्षीय पूर्णबहादुर चौधरी कृषि पेसामा संलग्न छन् । उनले तोरी, चना, केराउजस्ता तरकारीखेती गर्दै आएका छन् । त्यसो त उनले यसअघि पनि नौ बिघा जमिनमा तरकारी लगाउँथे । तर पहिलेभन्दा अहिले उत्पादन बढेको छ ।
“पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ”, चौधरीले भने, “त्यसैले अहिले खुसी छु ।” उनको जमिनमा तरकारी उत्पादन बढ्नुको प्रमुख कारण लिफ्ट सिँचाइ आयोजना हो । लिफ्टिङबाट सिँचाइ गरेपछि बेमौसमी तरकारी उत्पादन गर्न उनलाई सजिलो भएको छ । उनि पूर्ववडा सदस्य पनि हुन् । कृषि पेसा र राजनीति दुवैलाई समानान्तर रूपमा अघि बढाइरहेका छन् ।
पहिले गाउँ नजिकै बबई नदी बगे पनि सिँचाइ अभावले एक याममा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुँदैन थियाे । घरमा खानका लागि पुग्थ्यो । लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि धेरै सजिलो भएको उनको भनाइ छ ।
लिफ्टका लागि सोलार र विद्युत् दुवै जडान गरेको उनले बताए । उनले गत वर्ष घरखर्च चलाएर वार्षिक रु पाँच लाख आम्दानी गरेका थिए । यो वर्ष त्योभन्दा धेरै आम्दानी हुने आशामा छन् । उनले खेती गर्न कृषि औजारको प्रयोग गरिरहेका छन् । ती कृषि औजार लुम्बिनी प्रदेश सरकारबाट अनुदानमा प्राप्त भएका हुन् ।
पूर्णबहादुर मात्रै होइन सिँचाइको सुविधा भएपछि मटेरिया गाउँ बाह्रै महिना हरियाली हुन थालेको छ । मटेरिया गाउँ पकेट तरकारीखेतीका रूपमा चिनिन थालेको छ । सोही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले पनि तोरी र तरकारीखेतीबाट राम्रो आम्दानी गरिरहेकी छिन् । पहिले खान नपुग्ने जमिनबाटै अहिले बेच्न पुग्ने अन्न र तरकारी उत्पादन गर्न थालेकी छिन् ।
“यसको मुख्य कारण सिँचाइ नै हो”, अष्टुमीले भनिन्, “यसपटक तीज, दसैँ, तिहारको समयमा टमाटर र काउलीजस्ता तरकारी बेचेरै रु एक लाख ५० हजार कमाएँ ।” उनले तोरी तथा तरकारीखेतीबाट खर्च कटाएर वार्षिक रु साढे तीन लाख बचत गरेको बताइन् ।
केही वर्षपहिले बृहत् सिँचाइ योजना दाङले रु एक करोड ५० लाखको लगानी र गाउँलेहरूको रु पाँच लाख मूल्य बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सोही आयोजनाले गर्दा मटेरियाको मुहार नै फेरिएको हो ।
आयोजनाअन्तर्गत गाउँ नजिकै भएर बग्ने बबई नदीको पानीलाई करिब छ सय मिटर लम्बाइ रहेको लिफट सिँचाइमार्फत पानी तानिएको छ ।
त्यसरी तानिएको पानीले मटेरिया आसपासको दुई सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ जसमा एक सय २० घर थारू समुदाय र २० घर अन्य समुदाय लाभान्वित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: