Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

खबरडबली संवाददाता

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । 

बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिए । 

“अपवादका रुपमा केही लगानीकर्ताले दोस्रो बजार ९सेकेण्डरी मार्केट० बाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन्”, उनले भने । अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले शेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गरे। 

ठूला घरानाका लगानीकर्ता शेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उनले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताए। “बजार चलायमान नभएका कारण शेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त शेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन्”, उनले भने। 

कतिपय लगानीकर्ताले घाटा खाएर पनि शेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब तीन सय भएको उल्लेख गरे। नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै शेयर बेचेको भन्दै उहाँले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा शेयर बजारले देखाइरहेको जिकिर गर्नुभयो । उद्योगधन्दा, कलकारखानालगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ । 

ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै शेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ ।

सूचनाका हिसाबले अहिले शेयर बजारको अफ सिजन  भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ ।  

नेपालगञ्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर शेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताए। अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहुँदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उहाँले नीतिगत सुधारपछि मात्रै शेयर बजार चलायमान हुने उल्लेख गरे । 

अर्का लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर शेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गरे। लगानीकर्ता विकास भट्टराईले शेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताए। 

इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगञ्जमा दैनिक रु एक करोडदेखि रु दुई करोडको हाराहारीमा शेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगञ्जमा कालिका सेक्युरिटीजले पनि शेयर कारोबार गर्दै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending