Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

टियुले गठन गर्याे हराएका उत्तरपुस्तिकाका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।  

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गर्दै समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो । 

उक्त सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशितरप्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ती विषयको चैत २१ गते पुनः परीक्षा हुन लागेको छ । 

उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समय तोकिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा एमालेका भण्डारीलाई पछ्याउँदै कांग्रेस

काठमाडौं । बझाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् । उनलाई ने...

बलात्कार मुद्दामा ‘सिद्धबाबा’लाई झिकाउन उच्च अदालतको आदेश

विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ ।  पुनरावेदन निवेदनम...

उपनिर्वाचनः इलाम २ काे प्रारम्भीक मतपरिणाम सार्वजनिक, काँग्रेसका डम्बर खड्का अगाडि

इलाम । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । यद्यपि निर्वाचन आयोगबाट भने आधिकारिक घोषणा हुन बाँकी छ ।  फाकफोक थुम १ र २ नम्बर ...

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।  काठमाडौंमा आज...

बझाङमा मतगणना सुरु

काठमाडौं । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको जिल्ला निर्वाचन अधिकृत मनबहा...

काठमाडौंको शंखमूलमा आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

काठमाडौं । काठमाडौंको शंखमूलमा आगलागी भएको छ । शंखमुलको दोभानचोकमा आगलागी भएको हो।  दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क...

इलाम-२ मा सुहाङको अग्रता, मुढा दोस्रो

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिम...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  ...

चीनले गर्याे मे १ देखि नेपाली नागरिकलाई भिसा निःशुल्क

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले एक सूचना जारी गर्दै १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छः महासङ्घ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies