Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । 

काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहाँ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई  विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पु¥याउन सकिन्छ ।

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे ।  विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ, ।

काठमाडौंमा भईरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए ।

अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

साेेमबारसम्म देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २१ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ। विभ...

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending