बागलुङ । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।
बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।
भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए । उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्ने उनको भनाइ छ ।
नवनिर्मित पुल २५.८ मिटर लामो छभने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - १३:३०
धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख...
बैशाख १७ गते, २०८१ - १३:२६
गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढ...
बैशाख १७ गते, २०८१ - १३:२१
भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी ...
बैशाख १७ गते, २०८१ - १३:१९
काठमाडौं । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर...
बैशाख १७ गते, २०८१ - १३:१४
काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस...
बैशाख १७ गते, २०८१ - १३:११
काठमाडौं । ‘समृद्व नेपाल, सुखी नेपाली’को अवधारणालाई साकार पार्न नेपालमा लगानी भित्र्याउनुको विकल्प छैन । लगानीमैत्री वातावरण र लगानी आकर्षणबिना नेपाल...
बैशाख १७ गते, २०८१ - १३:०५
काठमाडौं । इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन् । ...
बैशाख १७ गते, २०८१ - १२:३३
काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ। सोमबार प्रि ओपन सेसनमा ४७ स्टक...
बैशाख १७ गते, २०८१ - १२:३१
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य...
बैशाख १७ गते, २०८१ - ११:३३
काठमाडौं । इलाम २ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ । शनिबार भएको निवार्चनको हाल सम्मको मतगणना अनुसार नेम्वाङले फराकिलो मतान...
प्रतिकृया लेख्नुहोस्: