Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए ।     

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताए ।     

नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उहाँको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।     

डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताए । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उनको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए  । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ ।     

निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए । “डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ”, उनले भने ।     

डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको वन अधिकृत थापाले बताए । नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उनको भनाइ छ ।     

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताए ।     

मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । “५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ”, उपसचिव थापाले भने, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।”     

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उनको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताए । “डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदुषण निम्त्याउँछ”, उनले भने, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।”     

डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उनको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताए । बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले प्रयाप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताए । 

डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिएपनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उनले बताए । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए । “वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ”, उनले भने, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।”     
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

काठमाडौं ।  प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी मोहम्मद अम्राको एक ग्याङसँग सम्बन्ध रहेको खुलासा भएको छ । भाग्ने क्रममा उनले दुई जेल ...

चेक बाउन्सका मुद्दाले हैरानीमा कास्की प्रहरी

पोखरा । गत वर्ष कास्कीमा चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७९र०८० मा ५१७ वटा मुद्दा दर्ता भएको प्रहरी रिपोर्ट छ ।  चालु आर...

सशस्त्रको गोदाममा आगलागी घटना शंकास्पद

काठमाडौं । एक महिनाअघि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा भएको आगलागीबारे छानबिन समितिले सुरक्षा लापरबाही भएको निष्कर्ष निकालेको छ ...

काठमाडौंका केही स्थानमा ४ दिनसम्म दैनिक ६ घण्टा बिजुली जाने

काठमाडौं । भोलीदेखि काठमाडौंको केही स्थानमा दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नयाँ बजार, क्षेत्रपाटी, भिमसेनस्थान र त्रिपुरेश्वर फिडरब...

दिल्लीमा बसेर नेपालबाट मानव तस्करी गर्ने तीनजना पक्राउ

अमेरिका लैजाने प्रलोभनमा करोडौं असुल्दै अफ्रिकामा बन्धक

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

पर्सा । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमा...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकार...

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्र...

आन्दोलित अपांगता भएका व्यक्तिहरूमाथि प्रहरी हस्तक्षप, डेढ दर्जन पक्राउ

काठमाडौं। प्रहरीले अपांगता भएकाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनु...

‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भृकुटीमण्डपमा आयोजना गरेको  ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies