Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

साधुको भेषमा गाँजा ओसारपसार गर्ने एकजना प्रहरी नियन्त्रणमा

खबरडबली संवाददाता

रौतहट । रौतहट स्थित जिल्लाको पश्चिमी भेगबाट प्रहरीले लागूऔषध गाँजासहित साधुको भेषमा रहेका एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।  चन्दन टिका लगाएर साधुको भेषमा रहेका फतुवाबिजयपुर नगरपालिका ११ भैसही टोलका ६३ वर्षीय दयालाल पैसवानलाई साढे १७ किलो ग्राम लागूऔषध गाँजा सहित शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।  

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी दुधिअवाका प्रमुख सई प्रभु साहको कमान्डमा  गएको संयुक्त टोलीले पैसवानको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको १७ किलो ५०० ग्राम लागु औषध गाँजा बरामद गरेको प्रवक्ता गिरीकाे भनाइ छ ।

पैसवानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा राखी लागु औषध सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको निरीक्षक विजय कार्कीले बताए । पछिल्लो समय मकवानपुर जिल्लाको विभिन्न स्थानबाट खरिद गरी लागूऔषध गाँजा तस्करले साधुको भेषमा लुकाई छिपाई सीमावर्ती भारतीय बजार सम्म पुर्‍याउने गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘महाजात्रा’ ले राख्यो सिड्नीमा कीर्तिमान

काठमाडौं । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमान कायम गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएक...

स्याङ्जामा युवकको हत्या

स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँ...

१५ वटा वडा मतगणना हुँदा ३ हजार मतले अगाडी सुहाङ

काठमाडौं ।  इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा हालसम्म २४ हजार ७३८ मत गणना भएको छ । हाल माङ्सेबुङ ४,५,६ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्या...

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ...

इलाममा मत बढाउँदै पहिचानवादी डकेन्द्रसिंह थेगिम

२१ हजार ८५४ मतगणना हुँदा रास्वपाका लिम्बूले ल्याए १ हजार ३०५ मत

५० हजार धरौटीमा छुटे पूर्वसचिव भिम उपाध्याय

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । विशेष अदालतमा उपस्थित ...

झाङ-१ (क) मा एमालेका उम्मेदवार भण्कोडारीले तीन हजार कटाउँदा कांग्रेस दाेस्राे स्थानमा

बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै राखेका छन् ।  एमालेका उम्मेदवार द...

इलाम २ मा ७८० मतले लिड गर्दै सुहाङ

काठमाडौं  । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा पाँच वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् । फाकफोकथुम १, २...

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपरासी सुस्तापूर्व । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।  डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर ...

कांग्रेस आफैले खोल्यो पूर्वाधार कार्यालय गौरमा लगाएको ताला

 रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies