Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

आर्यघाटमा दागबत्ती दिए, काजक्रिया गर्न नपाउँदै परिवारका ६ त्रिशूलीमा बिलाए

खबरडबली संवाददाता

गोरखा । पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुँदै थियो। मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए। सबैको चेहरा जमिनमुखी थियो। केही प्रौढ महिलाहरू मृतकको घर गोरखा नगरपालिका— ७ पौवाखेतमा भेला भएका थिए। 

उनीहरू मृतक ३९ वर्षका शंकर रोकाकी श्रीमती बबिता रोकाको वरिपरि बसिरहेका थिए। कोही कसैसँग बोल्ने अवस्थामा थिएनन्। हेर्दा १५, १६ जना महिलाहरू त्यहाँ देखिन्थे, तर कोही कसैसँग नबोल्दा सन्नाटा छाएको थियो। कसैको नजर कसैसँग जुधिरहेको थिएन। मौनतामा कोही जमिनतिर, कोही आकाशतिर, कोही बेपर्बाह यताउति नजर डुलाइरहेका देखिन्थे। 

लाग्थ्यो, उनीहरूको पीडामा आकाश पनि रोएको छ। सिमसिम पानी परिरहेको छ। बादल धुम्म छ। बिहान ५ बजे काठमाडौंबाट ट्याक्सीमा गोरखा आइरहेका एकै परिवारका ६ जना त्रिशूलीमा खसेको खबर सुनेदेखि झर्न थालेको आँसु दिनभर बगेर सकिएझै देखिन्थ्यो। परिवारको पाँचै जनाको मृत्युपछि जीवित सदस्य शंकरकै समउमेरकी बबितामात्र थिइन्। 

उनको साथ र सहयोगमा बसेका सबैको आँसु सुकेर थाकेका मुहार उदास थियो, ओठ कलेँटी परेको। कपाल रातो मजेत्रोले बेरे पनि पहिरनमा कसैको ध्यान थिएन। 

ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु र एकजना बेपत्ता भएपछि पौवाखेत असीम पीडाको दहमा डुबेको छ।

एक वर्षदेखि क्यान्सरबाट ग्रसित भएका गोरखा नगरपालिका— ७ पौवाखेतका ३९ वर्षका शंकर रोकाको शुक्रबार साँझ काठमाडौंको अस्पतालमा मृत्यु भयो। आर्यघाटमा दाहसंस्कार गर्न उनका छरछिमेक माइक्रो रिजर्भ गरेर शुक्रबार साँझतिरै काठमाडौंका लागि हिँडे। दाहसंस्कार गरेर फर्कने क्रममा बा २ ज ४१९६ नम्बरको ट्याक्सी पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूलीमा खस्दा त्यसमा सवार मृतकका एकाघरका पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

मृतक शंकरकी आमा ७० वर्षकी जूनकीरी रोका, उनकी छोरी गोरखा नगरपालिका—४ की हरिमाया रोका (उपरकोटी), नाति ८ वर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका— ७ बतासेका अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भयो। 

बुवा शंकरलाई दागबत्ती दिएर फर्केका छोरा १८ वर्षका विवश रोका त्रिशूलीमा बेपत्ता भएको आफन्त विष्णु मग्रातीले जानकारी दिए।

शंकरका बुवा दिलबहादुर रोकाको यसअघि नै मृत्यु भइसकेकाले अब सो परिवारमा बबिता मात्र बाँकी रहेकी उनले बताए। 

त्रिशूलीमा खसेपछि चालकले फोनमा भने, ‘दाइ, डुब्न लागें, बचाउनुस्’ शंकरलाई व्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरू अघिल्लो दिन बिहीबारै काठमाडौं पुगेका थिए। छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए। शुक्रबार साँझ उनको मृत्युको खबर पाएपछि छरछिमेकहरू पनि दाहसंस्कारका लागि माइक्रो रिजर्भ गरी राति १२ बजे काठमाडौं पुगे। दाहसंस्कार सकी बिहान ३ बजे दुईवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौंबाट गोरखाका लागि हिँडे।

एकाघरका ६ जना सवार एउटा ट्याक्सी अर्जुन सिर्मलले चलाएका थिए, अर्को प्रकाश रोकाले। अर्जुन मृतक शंकरका ज्वाइँ हुन्। प्रकाशचाहिँ अर्जुनका जेठान हुन्। 

‘मेरो ट्याक्सीमा ज्वाइँ (अर्जुन)को बूढी, भाञ्जी, भाइको छोरी र क्यान्सर लागेर बित्ने दाइको बूढी हुनुहुन्थ्यो,’ प्रकाशले भने, ‘ज्वाइँ (अर्जुन)ले चलाउनुभएको ट्याक्सीमा क्यान्सरबाट बित्नुभएका दाइको आमा, छोरा, जेठीदिदी, भाञ्जा, माइला ज्वाइँ र कान्छी बहिनी चढ्नु भएको थियो।’ बिहान ४ बजे सबै चरौंदी आइपुगेर सँगै चिया नास्ता गरेको उनले बताए। 

‘त्यहाँबाट म उछिनेर अगाडि लागेँ। बाटोमा अर्जुन ज्वाइँले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुप¥यो, मुग्लिनमा एकछिन गाडी रोक्नु है भन्नुभयो,’ प्रकाशले भने। प्रकाश मुग्लिन आएर पर्खिरहे। छरछिमेक, आफन्तहरू चढेको माइक्रो आयो र उछिनेर गयो। तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन। ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरे तर उठेन’, प्रकाशले भने, ‘पछि उतैबाट फोन आयो। फोन उठाउँदा एक्कासि दाइ म डुब्न लागे मलाई बचाउनुहोस् भन्दै अत्तालिँदै बोल्नुभयो।’ बिहान ५ बजेर ६ मिनेट जाँदा फोन आएको उनले बताए। 

लोकेसन भन्नुस् भन्दै प्रकाशले बारम्बार सोधिरहे। तर उताबाट ‘म डुब्न लागे बचाउनुस्’ भन्ने उही वाक्य मात्र दोहोरिरह्यो। आवाज सानो हुँदै गयो। त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटार फर्किए। 

त्यसपछि उनले माइक्रोमा रहेका आफन्तलाई फोन गरे, त्यतिबेला माइक्रो गोरखा नगरपालिका १३ मझुवा कटिसकेको थियो। ‘माइक्रोले उहाँहरूलाई मझिमटारमा ओभरटेक गरेको भन्ने थाहा पाएँ। त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सीधै मझिमटार गयौं’ प्रकाशले भने, ‘माइक्रो पनि फर्कियो। मझिमटारबाट खोज्दै कुरिनटारसम्म आयौं, तर कहीँ कतै भेटिएन।’ नभेटिएपछि प्रहरीलाई खबर गरे। उनीहरू कुरिनटारमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गरे। प्रहरीको खोजतलासबाट बिहान ७ बजे ट्याक्सी दुर्घटना भएको पत्ता लागेको थियो। 

दुर्घटनामा परेर मृत्यु भएका पाँचै जनाको शव शनिबार गोरखा अस्पताल ल्याएर पोस्टमार्टम गरिएको छ। एकजनाको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रमेश श्रेष्ठले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending