Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

एमाले चन्द्रपुरको अधिवेसन चैत ३० गते हुने

खबरडबली संवाददाता

चन्द्रपुर । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ । 

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सो नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । 

शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका    छन् । 

प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । 

बैठकमा प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले सो निर्णय गर्दै नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ  ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending