Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गृहमन्त्रीबारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो : कांग्रेस

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । 

नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे।

“नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिएको जवाफ, प्रहरी प्रमुखले दिएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उनले भने, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस् ।” उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताए । “यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्”, उनले भने।

संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसद्मै जवाफ दिएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताए। गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव (कन्फ्क्टि अफ इन्ट्रेस्ट) रहेको पनि उनको भनाइ  छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछन् । 

त्यसैगरी, आजको बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्नेछन् । ‘भन्सार विधेयक, २०८० दाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि अर्थमन्त्री पुनले आजको बैठकमा पेस गर्नेछन्।

आजको कार्यसूचीमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘निर्माणमुखी सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: