Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मधेस प्रदेश सरकारले सञ्चारमैत्री कार्ययोजना बनाउँदै

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताएका छन् । 

जनकपुरधाममा आज सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार सञ्चारमाध्यम तथा सञ्चारकर्मीमैत्री नभएको गुनासो अन्त्य गर्न तत्काल कार्ययोजना बनाइ काम गर्ने बताएका हुन् । 

“हिजोका दिनमा के भयो र कसले के गरे, के गरेनन् भन्नेतर्फ म जान चाहन्न तर म नेतृत्वमा आएपछि सञ्चारकर्मी र सञ्चारसम्बद्ध संस्थाबारे गम्भीर छु । विभिन्न तहमा छलफल सुरु गरेको छु”, मन्त्री लेखीले भने, “सञ्चारजगत्लाई मर्यादित र सम्मानित बनाउन आजैका मितिदेखि काम गर्छु । मन्त्रालयका अधिकारीसँग बसेर कार्ययोजना बनाउने मेरो योजना छ । त्यसमा तपाईंहरूबाट पनि सल्लाह, सुझाव लिनेछु ।”

मन्त्री लेखीले लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मीको पेसागत तथा भौतिक सुरक्षाका लागि समन्वय, सूचनामा सहज पहुँचका लागि ‘सूचना डेस्क’, र मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने परिपाटी बसाउन पहल गर्ने बताए । 

कार्यक्रममा सञ्चारकर्मीले सङ्घीयता ल्याउन भएका आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय सञ्चारमाध्यमलाई प्रदेश सरकारले उपेक्षा गरेको गुनासो गरेका थिए । प्रदेश सरकारका निकायले सूचना लुकाउने, मन्त्रिपरिषद्कै निर्णय सार्वजनिक नगर्ने, मिडियालाई  कमजोर बनाउने, स्थानीय मिडियालाई प्रवद्र्धन गर्ने ठोस् योजना नल्याउने र लोककल्याणकारी समानुपातिक विज्ञापनलाई व्यवस्थित बनाउनमा ध्यान नदिनेजस्ता कारणले समस्या भएको सञ्चारकर्मीको गुनासो थियो । 

त्यस क्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रदेश सरकार सञ्चारमाध्यम र सञ्चारकर्मीमैत्री नभएको बताए । “गएको एक वर्षमा मात्रै १३ जना पत्रकारमाथि आक्रमण, धम्की र कुटपिट भएका छन् । 

विज्ञापन र अन्य स्रोतको अभावमा मिडिया हाउस बन्द हुने र पत्रकारहरू बेरोजगार बन्ने अवस्था आइसकेको छ ।”, अध्यक्ष कर्णले भने, “धेरै साथी समस्यामा छन् । केही गम्भीर रोगसँग लड्दैछन् । केहीले उपचार अभावमा ज्यान गुमाइसके तर सरकारले समस्या समाधानको  ठोस नीति लागू गरेको छैन । विगतमा स्वास्थ्य बीमा, पत्रकारको उपचारका लागि रु ५० हजार दिने घोषणा कार्यान्वयन भएन ।”

पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झा, पत्रकारहरू श्यामसुन्दर शशी, शैलेन्द्र महतो क्रान्ति, टीकाराम सुनार, धर्वेन्द्र झा, श्रीनारायण साहलगायतले प्रदेश सरकारलाई मिडियामैत्री बनाउन नयाँ भूमिकामा आएका मन्त्री लेखीले समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending