Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मधेस प्रदेश सरकारले सञ्चारमैत्री कार्ययोजना बनाउँदै

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताएका छन् । 

जनकपुरधाममा आज सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार सञ्चारमाध्यम तथा सञ्चारकर्मीमैत्री नभएको गुनासो अन्त्य गर्न तत्काल कार्ययोजना बनाइ काम गर्ने बताएका हुन् । 

“हिजोका दिनमा के भयो र कसले के गरे, के गरेनन् भन्नेतर्फ म जान चाहन्न तर म नेतृत्वमा आएपछि सञ्चारकर्मी र सञ्चारसम्बद्ध संस्थाबारे गम्भीर छु । विभिन्न तहमा छलफल सुरु गरेको छु”, मन्त्री लेखीले भने, “सञ्चारजगत्लाई मर्यादित र सम्मानित बनाउन आजैका मितिदेखि काम गर्छु । मन्त्रालयका अधिकारीसँग बसेर कार्ययोजना बनाउने मेरो योजना छ । त्यसमा तपाईंहरूबाट पनि सल्लाह, सुझाव लिनेछु ।”

मन्त्री लेखीले लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मीको पेसागत तथा भौतिक सुरक्षाका लागि समन्वय, सूचनामा सहज पहुँचका लागि ‘सूचना डेस्क’, र मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने परिपाटी बसाउन पहल गर्ने बताए । 

कार्यक्रममा सञ्चारकर्मीले सङ्घीयता ल्याउन भएका आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय सञ्चारमाध्यमलाई प्रदेश सरकारले उपेक्षा गरेको गुनासो गरेका थिए । प्रदेश सरकारका निकायले सूचना लुकाउने, मन्त्रिपरिषद्कै निर्णय सार्वजनिक नगर्ने, मिडियालाई  कमजोर बनाउने, स्थानीय मिडियालाई प्रवद्र्धन गर्ने ठोस् योजना नल्याउने र लोककल्याणकारी समानुपातिक विज्ञापनलाई व्यवस्थित बनाउनमा ध्यान नदिनेजस्ता कारणले समस्या भएको सञ्चारकर्मीको गुनासो थियो । 

त्यस क्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रदेश सरकार सञ्चारमाध्यम र सञ्चारकर्मीमैत्री नभएको बताए । “गएको एक वर्षमा मात्रै १३ जना पत्रकारमाथि आक्रमण, धम्की र कुटपिट भएका छन् । 

विज्ञापन र अन्य स्रोतको अभावमा मिडिया हाउस बन्द हुने र पत्रकारहरू बेरोजगार बन्ने अवस्था आइसकेको छ ।”, अध्यक्ष कर्णले भने, “धेरै साथी समस्यामा छन् । केही गम्भीर रोगसँग लड्दैछन् । केहीले उपचार अभावमा ज्यान गुमाइसके तर सरकारले समस्या समाधानको  ठोस नीति लागू गरेको छैन । विगतमा स्वास्थ्य बीमा, पत्रकारको उपचारका लागि रु ५० हजार दिने घोषणा कार्यान्वयन भएन ।”

पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झा, पत्रकारहरू श्यामसुन्दर शशी, शैलेन्द्र महतो क्रान्ति, टीकाराम सुनार, धर्वेन्द्र झा, श्रीनारायण साहलगायतले प्रदेश सरकारलाई मिडियामैत्री बनाउन नयाँ भूमिकामा आएका मन्त्री लेखीले समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: