रौतहट । रौतहटस्थित वन क्षेत्रभित्र भिषण आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।
डिवीजन वन कार्यालय रौतहटको क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भिषण आगलागी भएको हो । आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा आज दिउँसोदेखि सुरु भएको भिषण आगलागी अहिले पनि नियन्त्रणमा आउन सकेको छैन ।
गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको प्रमुख मिश्रले जानकारी दिएका छन् ।
सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागी बारे सुचना आएको सेक्टर वन कार्यालय चोचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताएका छन् । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट पाँच वटा बारुण यन्त्र दमकलसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । तर, बेलुकी ७ बजे समाचार तयार पार्दासम्म नियन्त्रण हुन नसकेको अधिकृत साहले बताएका छन् ।
आगलागीबाट काठ दाउरा जलेर भएको क्षति बारे पूर्ण एकिन नभए पनि १५/२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन् । दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: