Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमाले मधेशको विकाश केन्द्रित अभियान फेरी अगाडि बढाउछौं: उपाध्यक्ष पोखरेल

खबरडबली संवाददाता

बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समिकरणमा एमालेबाट मधेश प्रदेश तिन मन्त्री रहेका कारण अब मधेश प्रदेशको बिकाश हुने विश्वास व्यक्त गरेका छन् । 

एमाले जिल्ला कमिटी बाराको ११ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, ‘एमालेका मन्त्रीहरुले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा सुरु भएको मधेशको बिकाश केन्द्रीत अभियानलाई फेरी अगाडि बढाउने छ ।’ उपाध्यक्ष पोखरेलले मधेशबाट कृषि, भौतिक पूर्वाधार र रक्षा मन्त्री भएको हुदाँ यहाँका जनताले कृषिमा भोग्दै आएको मल, बिउबिजनको अन्य गरिने र मलको अभावलाई न्युनिकरणका निम्ती मलको कारखना निर्माण गरिने तथा भौतिक पूर्वाधार निमार्ण कार्य तिब्ररुपमा अगि बढाईने बताए । 

उनले रक्षा मन्त्रालय अन्तरगत रहेको काठमाण्डौ तराई फास्ट ट्रयाकमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्य गर्दै समयमै सम्पन्न गर्ने गरी काम अगाढी बढाईएको बताए । उपाध्यक्ष पोखरेलले एमालेले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा मधेशले विकासको गति लिएको दावी गरे । उनले मधेशी दलले २० वर्षबाट गीत बनाउँदै आएको  हुलाकी राजमार्ग निमार्णका निम्ती ओली सरकारको बेलामा २० अर्व रकम लगानी गरेर मधेशको मुहार परिर्वतन गरेको बताए ।

उनले एमाले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको हुदाँ एमाले आउदै निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । 

फरक प्रसंगमा बेल्दै उपाध्यक्ष पोखरेलले नगरदेखी केन्द्रको राजनितीमा ४० प्रतिशत यूवा समेटेर एमाले अगाडी बड्ने बताएका छन् । उनले यूवालाई नेतृत्वामा लैजान एमालेले तल्लेतहबाटै वातावर बनाईएको र त्यसको उदारण आगामी बैशाष १५ गते ईलाम २ मा हुने उपनिर्वाचनमा पूर्व सभामुख स्वार्गिय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई अघि सारिएको प्रसंग केलाउँदै यूवालाई नेतृत्व दिने एमालेले सुरुवात गरिसकेको बताए । एमाले भित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका यूवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको उनले बताए ।

उनले वर्तमान सरकार निर्माण हुनुको कारण समेत खोले । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालिन गठबन्ध आफ्नै बोझले ढलेपछी पछिल्लो समिकरण तयार भएको बताए । देश विकार र समृद्धिका लागि कांग्रेस बाधक बन्दा समस्या भएको उनले बताए । हिजो केपीओली प्रधानमन्त्री बन्दा अघि सारेका विकासका योजना पुरा गर्न पनि एमाले सरकारमा आउन जरुरी थियो ।

वर्तमान सरकार फरक पार्टी र विचार विचको गठबन्धन नभएर राष्टिय आवश्यता भएको भन्दै पोखरेलले देशको समग्र विकासका लागि नया सममिकरण भएको पनि बताए । मधेश लगायत समग्र देशको सर्वागिण विकाासका लागि एमाले मात्रै पहिलो विकल्प भएको उनले बताए ।

एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, केन्द्रिय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुसोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मंडल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली, मधेश प्रदेश सचिब मनोज पौडेललगायतले अधिवेश सफलताको कामना गरेका थिए भने जिल्ला सचिव अध्यानन्द पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending