बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समिकरणमा एमालेबाट मधेश प्रदेश तिन मन्त्री रहेका कारण अब मधेश प्रदेशको बिकाश हुने विश्वास व्यक्त गरेका छन् ।
एमाले जिल्ला कमिटी बाराको ११ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, ‘एमालेका मन्त्रीहरुले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा सुरु भएको मधेशको बिकाश केन्द्रीत अभियानलाई फेरी अगाडि बढाउने छ ।’ उपाध्यक्ष पोखरेलले मधेशबाट कृषि, भौतिक पूर्वाधार र रक्षा मन्त्री भएको हुदाँ यहाँका जनताले कृषिमा भोग्दै आएको मल, बिउबिजनको अन्य गरिने र मलको अभावलाई न्युनिकरणका निम्ती मलको कारखना निर्माण गरिने तथा भौतिक पूर्वाधार निमार्ण कार्य तिब्ररुपमा अगि बढाईने बताए ।
उनले रक्षा मन्त्रालय अन्तरगत रहेको काठमाण्डौ तराई फास्ट ट्रयाकमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्य गर्दै समयमै सम्पन्न गर्ने गरी काम अगाढी बढाईएको बताए । उपाध्यक्ष पोखरेलले एमालेले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा मधेशले विकासको गति लिएको दावी गरे । उनले मधेशी दलले २० वर्षबाट गीत बनाउँदै आएको हुलाकी राजमार्ग निमार्णका निम्ती ओली सरकारको बेलामा २० अर्व रकम लगानी गरेर मधेशको मुहार परिर्वतन गरेको बताए ।
उनले एमाले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको हुदाँ एमाले आउदै निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
फरक प्रसंगमा बेल्दै उपाध्यक्ष पोखरेलले नगरदेखी केन्द्रको राजनितीमा ४० प्रतिशत यूवा समेटेर एमाले अगाडी बड्ने बताएका छन् । उनले यूवालाई नेतृत्वामा लैजान एमालेले तल्लेतहबाटै वातावर बनाईएको र त्यसको उदारण आगामी बैशाष १५ गते ईलाम २ मा हुने उपनिर्वाचनमा पूर्व सभामुख स्वार्गिय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई अघि सारिएको प्रसंग केलाउँदै यूवालाई नेतृत्व दिने एमालेले सुरुवात गरिसकेको बताए । एमाले भित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका यूवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको उनले बताए ।
उनले वर्तमान सरकार निर्माण हुनुको कारण समेत खोले । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालिन गठबन्ध आफ्नै बोझले ढलेपछी पछिल्लो समिकरण तयार भएको बताए । देश विकार र समृद्धिका लागि कांग्रेस बाधक बन्दा समस्या भएको उनले बताए । हिजो केपीओली प्रधानमन्त्री बन्दा अघि सारेका विकासका योजना पुरा गर्न पनि एमाले सरकारमा आउन जरुरी थियो ।
वर्तमान सरकार फरक पार्टी र विचार विचको गठबन्धन नभएर राष्टिय आवश्यता भएको भन्दै पोखरेलले देशको समग्र विकासका लागि नया सममिकरण भएको पनि बताए । मधेश लगायत समग्र देशको सर्वागिण विकाासका लागि एमाले मात्रै पहिलो विकल्प भएको उनले बताए ।
एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, केन्द्रिय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुसोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मंडल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली, मधेश प्रदेश सचिब मनोज पौडेललगायतले अधिवेश सफलताको कामना गरेका थिए भने जिल्ला सचिव अध्यानन्द पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: