Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

उपनिर्वाचनः इलाम २ मा डकेन्द्रसिंह थेगिमका सामु अरु सबै उम्मेदवार बच्चा हुन्ः हर्क सम्पाङ

खबरडबली संवाददाता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपनिर्वाचनअन्तर्गत इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको सामु अरू अरु सबै उम्मेदवार बच्चा रहेको बताएकाक छन् । मङ्गलबार काठमाडौंमा पत्रकारहरूसँगको साक्षात्कारमा उनले  थेगिमले जित्ने दाबी गर्दै यस्तो बताएका हुन् । 

“इलाम २ मा गत स्थानीय निर्वाचनमा धरानमा देखिएको इतिहास दोहोरिन्छ । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले जित्छन् । उहाँलाई मैले पनि समर्थन गरेको छु,” उनले भने ।
उनले अरु उम्मेदवारलाई ‘बच्चा’ को संज्ञा दिए । “अरु त सबै उम्मेदवार बच्चा छन् । आज एउटा पार्टीमा, भोलि अर्कै पार्टीमा, पछि जिते भने पनि रिजाइन हान्दिन्छन् बढी टेन्सन भएपछि । फेरि राजनीति आउनु भनेकै गाली खानु हो,” उनले थपे ।


हर्कले थेगिमले जित्ने दुईवटा आधार भएको बताए । “पहिलो त उहाँले पहिचानको मुद्दा उठाउनुभएको छ । पहिचान भनेको संस्कृति हो र समाज भनेको संस्कृतिसहितको मान्छेको समूह हो । यसरी हेर्दा समाजमा पहिचान हुनुपर्छ । अर्को कुराचाहिँ उहाँ परिपक्व पनि हुनुहुन्छ,” उनले भने ।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ पनि बच्चा हुन् ? भनेर गरिएको प्रतिप्रश्नमा उनी भन्छन्, “उहाँले अझै १० वर्ष प्राक्टिस गर्नुपर्छ अनि मात्रै फिल्डमा आउँदा राम्रो हुन्छ । उहाँको बुवालाई पो जितायो त इलामले पटक पटक । अब त्यसो भन्दैमा छोरालाई पनि जिताउने भन्ने नै हुँदैन । बुवाले जे गर्‍यो, त्यो छोराले पनि गर्छ भन्ने नै हुँदैन । सबैको आआफ्नो ट्यालेन्ट हुन्छ ।”

उनले जनता धेरै परिवर्तन भइसकेको ठोकुवा गरे । “पब्लिक पहिलेजस्तो छैनन् । स्वाभाविकरूपमा जनता परिवर्तन चाहन्छन् र उनीहरू परिवर्तन पनि भइसकेका छन्,” आफू पनि जनतामा आएको परिवर्तनकै कारण जितेको उल्लेख गर्दै उनले भने, “दलहरूको सञ्जाल तोडेर आएकाहरूले मात्रै काम गर्न सक्छन् ।”

इलाम २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा थेगिमले स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई पहिचानवादी सङ्घसंस्थाहरूले समर्थन जनाएका छन् ।

यस्तै त्यहाँ नेकपा (एमाले) का तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् भने नेकपा (माओवादी केन्द्र) का धीरेन्द्र शर्मा तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई उम्मेदवार छन् ।

यसबाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरूले भने उम्मेदवार छानेका छैनन् ।

गत संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ । यसपछि वैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy